एमसीसीविरुद्ध प्रदर्शनमा व्यापक प्रहरी दमन, दर्जनौँ घाइते

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडौँ, २१ भदौ

एमसीसी परियोजनाको विरोधमा सोमबार राजधानीमा नेपाल मजदुर किसान पार्टीका जनवर्गीय संगठनहरू नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घको आयोजनामा भएको विरोध प्रदर्शनमा व्यापक प्रहरी दमन भएको छ । त्रिवि शिक्षण अस्पतालको पश्चिममा अवस्थित गल्लीमा प्रदर्शनकारीहरूमाथि प्रहरीले लाठ्ठी चार्ज गर्दा युवा कार्यकर्ता कृष्णप्रसाद दुमरु गम्भीर घाइते भएको छ । प्रहरीले उनको टाउकोमै लाठ्ठी प्रहार गर्दा टाउको फुटेको छ । उनको हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै प्रहरी दमनमा भक्तपुर नपा वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, युवाहरू कृष्णप्रसाद कोजू, जगतराम धुख्वा, रत्ना चवाल, श्याम बासुकला, रामेश्वर रानामगर, दिनेश विक लगायत दर्जनौं घाइते भएका छन् ।

रत्नपार्कबाट सुरु भएको जुलुस अमेरिकी दुतावास जाने क्रममा प्रहरीले जथाभावी लाठ्ठी प्रहार गरेको हो ।

सभा सकाएर भक्तपुर फर्कने क्रममा बानेश्वर पुग्दा एमसीसी विरूद्ध मान्छे ल्याएकाे भन्दै प्रहरीले गाडी नपठाउने भनी राेक्दा प्रदर्शनकारीहरूले बानेश्वरमा पूरै बाटाे बन्द गरी एमसीसी विरूद्ध नारा जुलुुस लगाएका थिए । त्यहाँ पनि प्रदर्शनकारीहरूले देशघाती एमसीसी सम्झाैता खारेज गर, अमेरिकी साम्राज्यवाद मूर्दावाद, एमसीसीका मतियारहरू हाेशियार, अमेरिकी सैन्य गठबन्धन चाहिँदैन, जलविद्युत माफियाहरू हाेशियार, अमेरिकी सैन्य अखडा चाहिँदैन, एशियालाई युद्धभूमि बनाउन दिँदैनाै, जयसिंहकाे हत्यारालाई कारवाही गर, भारतीय विस्तारवाद मूर्दावाद, वैदेशिक हस्तक्षेप बन्द गर, सम्पूर्ण देशभक्त जनता एक होऔंलगायतका नारा लगाएका थिए ।

शान्तिपूर्ण विराेध प्रदर्शनमा लाठी प्रहार गरी प्रशर्शनकारीहरूकाे टाउकाे फाेड्ने गृह प्रशासनकाे नेपाल मजदुर किसान पार्टीले घाेर भर्त्सना एवं निन्दा गर्दै प्रहरी दमन गराउने अधिकारीहरूलाई कारवाही गर्न माग गरेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *