भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउन बाँकी

न्यूज अपडेट संवाददाता धनगढी, १० माघ बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ । बाजुराको बडिमालिका नगरपालिका ७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ । उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताए ।

Continue Reading

जाडोको स्वास्थ्यवर्द्धक साथी गुदपाक

न्यूज अपडेट संवाददाता भक्तपुर, १० माघ जाडोको समयमा मानिसलाई अनेकथरी समस्या निम्तिन सक्छन्। जाडोमा धेरैलाई दिन काट्न पनि मुस्किल हुन्छ। जाडोको फाइदा चाहिँ के छ भने, अघिपछि खाना अरुचि हुनेलाई पनि जाडोमा रुच्ने गर्छ। जाडो मौसममा शरीर तताइराख्न हाम्रा धेरै मौलिक परिकार छन्। तिल, आलस, भुटेको मकै, भटमास, गहुँ, जुनेलो, फापर, अदुवा, काजु, पिस्ता, बदाम, […]

Continue Reading

अध्यक्ष रोहितको निवासमा राष्ट्रपति भण्डारी

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ माघ राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को निवास पुग्नुभई समसामयिक विषयमा छलफल गर्नुभयो । राष्ट्रपति भण्डारीले कामरेड शोभा प्रधानको दुःखद निधनबाट आफू मर्माहत भएको बताउँदै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “धेरै अगाडि नै भेट्ने इच्छा हुँदाहुँदै सम्भव भएन । मलाई आज […]

Continue Reading

इजरायलीे स्वास्थ्यमन्त्री डेरी पदबाट बर्खास्त

न्यूज अपडेट संवाददाता एजेन्सी, ८ माघ इजरायली स्वास्थ्यमन्त्री प्रधानमन्त्री आर्यह डेरीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतको फैसलापछि आइतबार बेन्जामिन नेतन्याहूले उनलाई पदबाट बर्खास्त गरेका छन्। सर्वोच्च अदालतले गत बुधबार नेतन्याहूले गत वर्ष कर छलीगरेको अभियोगमा दोषी ठहर भएका कारण ‘डेरीलाई पदबाट हटाउनुपर्ने’ फैसला सुनाएको थियो। प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्ति अनुसार नेतन्याहूले डेरीलाई भने, “भारी मन अर्थात् दुःख […]

Continue Reading

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने स्वास्थ्यमन्त्री गिरीको प्रतिबद्धता

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ माघ   स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। दादुराको प्रकोपको अवस्था अवलोकन गर्न बाँके पुगेका स्वास्थ्यमन्त्री गिरीले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा परेको बताए। गएको सरकारले स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयनप्रति उदासिन देखिएकाले प्रभावकारी रुपमा […]

Continue Reading

विदेशमा पढ्न जाने विद्यार्थीले ५ महिनामा लगे २९ अर्ब

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ माघ चालु आर्थिक वर्षको पहिलो ५ महिनामा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीले करिब २९ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म वैदेशिक अध्ययनमा जानेले वैधानिक रुपमा २८ अर्ब ८१ करोड रुपैयाँको सटही सुविधा लिएका हुन् । गत वर्ष यस्तै अवधिमा विदेशमा पढ्न […]

Continue Reading

सोनाम ल्होछारमा ठोरी गाउँपालिकामा ३ दिन विदा

न्यूज अपडेट संवाददाता वीरगञ्ज, ७ माघ पर्साको ठोरी गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक विदा दिने भएको छ । पालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा माघ ७ गतेदेखि ९ गते सम्म विदा दिने निर्णय गरेको हो । तामाङ समुदायले लिखित रुपमै विदाको माग गरेकोले तीन दिनसम्म विदा दिने निर्णय भएको ठोरी गाउँपालिकाका […]

Continue Reading

भक्तपुरको चाँगुनारायण मन्दिर पुगिन् राष्ट्रपति भण्डारी

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ माघ राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्जना गर्दै प्रसाद ग्रहण गरेकी छन् । शनिबार चाँगुनारायण नगरपालिकास्थित ऐतिहासिक चाँगुनारायण मन्दिरमा पुगेर उनले चाँगुनारायणको मूल मन्दिर, किलेश्वर महादेव मन्दिर र छिन्नमस्ता मन्दिरमा पूजा अर्चना गरी प्रसाद ग्रहण गरिन् । राष्ट्रपति भण्डारीले चाँगुनारायण मन्दिरको ऐतिहासिकता, पुरातात्विक महत्वबारेमा जिज्ञासा राखिन् […]

Continue Reading

सभामुखलाई प्रेम सुवालको पत्र : नेमकिपालाई प्रमुख विपक्षी दल तोकिदिनुस्

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ माघ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको मान्यता माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो पार्टी प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेहरुमध्ये सबैभन्दा ठूलो दल भएको उल्लेख गर्दै विपक्षी दलको मान्यता माग गरेका हुन् । सोही […]

Continue Reading

बाँकेमा कुष्ठरोग निवारणमा चुनौती 

न्यूज अपडेट संवाददाता बाँके, ७ माघ बाँकेमा कुष्ठरोगका नयाँ बिरामी फेला पर्न थालेपछि कुष्ठरोग निवारण अभियानमा चुनौती देखिएको छ। एक वर्षको अवधीमा एक सय ५७ जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ। आर्थिक वर्ष २०७८÷७९ मा एक सय ५७ जना कुष्ठरोगीको पहिचान भएको जानकी गाउँपालिकास्थित साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुले जानकारी दिए। उनका अनुसार, पहिचान भएकामध्ये […]

Continue Reading