विदेशमा पढ्न जाने विद्यार्थीले ५ महिनामा लगे २९ अर्ब

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ८ माघ

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीले करिब २९ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म वैदेशिक अध्ययनमा जानेले वैधानिक रुपमा २८ अर्ब ८१ करोड रुपैयाँको सटही सुविधा लिएका हुन् ।

गत वर्ष यस्तै अवधिमा विदेशमा पढ्न जानेहरुले १३ अर्ब ५३ करोड रुपैयाँबराबरको विदेशी मुद्रा मात्रै मात्रै लगेका थिए ।

५ महिनाको अवधिमा अवधिमा खुद सेवा आय २६ अर्ब ६८ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको यस्तै अवधिमा खुद सेवा आय  ३८ अर्ब १३ करोड रूपैयाँले घाटामा थियो ।

सेवा खाता अन्तर्गत ५ महिनामा भ्रमण (पर्यटन) आय १३२.९ प्रतिशतले बढेको छ । यसबाट नेपालले २३ अर्ब ६३ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको यस्तै अवधिमा पर्यटन आय १० अर्ब १४ करोड रुपैयाँ मात्रै थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय अर्थात् नेपालीले विदेशमा गएर खर्चिने रकम ६४ प्रतिशतले वृद्धि बढेर ४२ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २५ अर्ब ६५ करोड रुपैयाँ मात्रै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *