भक्तपुर बचतले गरे निःशुल्क आँखा शिविर

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

प्रेम प्रजापति

भक्तपुर, ९ पुस

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भक्तपुर सामुदायिक आँखा अस्पताल, च्याम्हासिंहको प्राविधिक सहयोगमा स्थानीय सूर्यमढीमा शनिवार आँखा शिविर भएकाे छ ।
उक्त कार्यक्रममा जम्मा एक सय ३८ जना स्थानीयले आँखा परीक्षण गराएको छ भने १२ जनामा मोतीविन्दुको लक्षण देखिएको छ । मोतीविन्दुको लक्षण देखिएका १२ जनालाई पुस १६ गतेभित्र रगतको जाँच गराई रिपोर्टसहित पुस १७ गते सामुदायिक आँखा अस्पताल, च्याम्हासिंहमा सम्पर्क गर्न संस्थाले आग्रह गरेको छ ।


संस्थाले आर्थिकका साथै स्वास्थ्यवर्दक क्रियाकलाप, विभिन्न समयमा सामाजिक, सांस्कृतिक, खेलकुद, व्यावसायिक तालिम तथा प्रबर्दनात्मक क्रियाकलापहरु गरिरहेको संस्थाका व्यवस्थापक सत्यनारायण साँयजूले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *