एकमहिने हस्तलेखन तालिम समापन सम्पन्न

कला/साहित्य विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, १३ असार

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को महिला तथा बालबालिका उपसमितिको आयोजनामा एकमहिने हस्तलेखन तालिमको समापन कार्यक्रम सम्पन्न भयो ।

समापन कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले विद्यार्थीहरू ज्ञान तथा सीप सिकाइमा सदैव उत्सुक एवं जाँगरिलो हुनुपर्नेमा जोड दिँदै हस्तलेखन तालिमले सहभागी विद्यार्थीहरूको व्यक्तित्व विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

संस्थाका का.मु.व्यवस्थापक शिला गोसाईले प्रतिकुल मौसम र समयको ख्याल नगरी प्रशिक्षार्थी एवं अभिभावकहरूले देखाएको सक्रियता र मेहनतले आगामी दिनहरूमा थप कार्यक्रमहरू सञ्चालन गर्न हौसला मिल्ने जानकारी दिए।

तालिमका प्रशिक्षक सुरज दिदीयाले नेवार समुदाय परिश्रमी तथा सीपयुक्त समुदायको रूपमा विश्वमा परिचित रहेको र तालिम अवधिमा सहभागी प्रशिक्षार्थीहरूको मेहनतले त्यसलाई पुष्टि गरेको बताउँदै तालिम अवधिमा सिकेको अक्षर राम्रो लेख्ने कला हस्तलेखनको एउटा सानो भागमात्र रहेको जानकारी दिए। उनले प्रशिक्षार्थीहरूले सिकाइबाट प्राप्त कलाको निरन्तर अभ्यास एवं नयाँ नयाँ विषयको ज्ञान आर्जनको क्रमलाई निरन्तरता दिनेमा जोड दिए।

सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं सञ्चालक रामलक्ष्मी शिल्पकार लवजुले संस्थामा आबद्ध अभिभावक सदस्यहरूमा हस्तलेखन तालिमको अत्यधिक माग रहेको विचार व्यक्त गर्दै सम्पूर्णमा धन्यवाद ज्ञापन गरे। तालिमको समापन कार्यक्रममा उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा आयोजक उपसमितिका सचिव रञ्जना प्रजापतिले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *