अध्यक्ष बिजुक्छेँद्वारा ख्वप अस्पताल निरीक्षण ः ख्वप अस्पतालमा आइतबारदेखि अन्तरङ्ग सेवा सुरू

न्यूज अपडेट संवाददाता भक्तपुर, २ फागुन   भक्तपुरको ब्रम्हायणीस्थित ख्वप अस्पताल कोभिड युनिटको भवनबाट ख्वप अस्पतालले आइतबारदेखि अन्तरङ्ग सेवा सुरु गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित), नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवाल र बागमती प्रदेश सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आइतबार निरीक्षण गर्नुभएको […]

Continue Reading

२७०० अंकमा राेकियाे सेयर बजार, काराेबार ३ अर्ब ६८ कराेडमा सीमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ फागुन अधिकांश कम्पनीको सेयर मूल्य बढेपनि साेमबार सेयर बजारमा उत्साह देखिएन । आइतबार एक सय अंकले घटेको सेयर बजार साेमबार भने ०.०८ अंकले बढेर बन्द भएको छ । सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्याे भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । सोमबार कुल काराेबार रकम […]

Continue Reading

पछिल्लो २४ घण्टामा ७ सय ४७ जनामा कोरोना, ८ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ फागुन पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार ८ हजार ६९६ जनामा परीक्षण गर्दा ८६९६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सो अवधिमा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ। नेपालमा संक्रमितको संख्या २०७३९ […]

Continue Reading

४ फागुनमा संसदमा एमसीसी प्रस्ताव ल्याउने गठबन्धन सरकारकाे तयारी, देश गुम्ने खतरामा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ फागुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गर्न सहमत भएका छन् । स्रोतका अनुसार सभामुख अग्निप्रसाद सापकोटा पनि सहमत भएकाले सम्भवतः बुधबार ४ फागुनको बैठकमा एमसीसी प्रस्ताव ल्याउने तयारी भएकाे छ । यससँगै देश […]

Continue Reading

गठबन्धन सरकारले जबरामाथि लगाइए महाअभियोग : २१ आरोप (पूर्णपाठ)

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ फागुन सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रधान न्यायाधीश जबरा लोकतन्त्र र विधिको शासनको जगेर्ना गर्न अक्षम भएकाले उनीविरुद्ध महाअभियोग लगाउनुपर्ने उनीहरुको प्रस्ताव छ । महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको […]

Continue Reading

क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने लुम्बिनी प्रदेशका बिरामीले थप दुई लाख उपचार सहयोग पाउने

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ फागुन फाइल तस्बिर लुम्बिनी प्रदेश सरकारले आफ्ना प्रदेशका नगरिकलाई तीन प्रकारका रोगको उपचारमा दुई लाख सहुलियत प्रदान गर्ने भएको छ। लम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकास देवकोटाले लुम्बिनी प्रदेशका नागरिकलाई अब तीन प्रकारका रोगको उपचारमा थप दुई लाख सहुलियत प्रदान गर्न लागिएको बताए। सचिव डा […]

Continue Reading

थप ५२१ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ फागुन पछिल्लो २४ घण्टामा ५२१ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ७३ पीसीआर र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ३ हजार ९३५ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा १० जना […]

Continue Reading

प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्म स्थगित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ माघ प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक पुन: एक साता सरेको छ । संघीय संसद सचिवालयले मंगलबार साँझ सूचना प्रकाशित गरी फागुन २ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख गरेको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बुधबारको बैठक स्थगित भएको उल्लेख […]

Continue Reading

औषधिको मूल्य समायोजनका लागि कार्यविधि बनाउन औषधि व्यवस्था विभागलाई सरकारको निर्देशन 

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ माघ सरकारले औषधिको वैज्ञानिक मूल्य निर्धारणका लागि कार्यविधि बनाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएको छ। सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा औषधिको मूल्य निर्धारण, मूल्य समायोजन तथा विभागको पुनर्संरचनाका विषयमा छलफल भएको थियो। सो छलफलबाट विभागलाई औषधिको मूल्य निर्धारणका लागि कार्यविधि तयार गर्न तथा विभागको पुनर्संरचना गर्न निर्देशन प्राप्त भएको विभागका महानिर्देशक […]

Continue Reading

पनौतीका ६ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

न्यूज अपडेट संवाददाता काभ्रे, २५ माघ पनौती नगरपालिकामा ६०० विपन्न परिवारको निःशुल्क बीमा गरिएको छ। नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’अन्तर्गत ६०० परिवारको निःशुल्क बीमा गरेको हो। आर्थिक अभावका कारण कुनैपनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न नागरिकको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको जनाइएको छ। नागरिकको स्वास्थ्यको रक्षा गर्नु […]

Continue Reading