थप ५२१ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १ फागुन

पछिल्लो २४ घण्टामा ५२१ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ७३ पीसीआर र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ३ हजार ९३५ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा १० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ। देशभर हाल २२ हजार ५८४ जना संक्रिय संक्रमित छन्। १८१ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *