स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ माघ सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ बैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । […]

Continue Reading

काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली आजबाट हट्यो

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ माघ काठमाडौं उपत्यकामा यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली आजबाट हटेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज साँझ जारी गरेको आदेशअनुसार मध्यराती १२ बजेबाट जोरबिजोर प्रणाली हटाइएको हो। आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो। कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो। […]

Continue Reading

काठमाडौंमा सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ माघ काठमाडौँमा यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाभाइरसविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो। कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेको सूचना […]

Continue Reading

विश्वभर थपिए २१ लाख संक्रमित, आठ हजारको मृत्यु 

न्यूज अ पडेट संवाददाता एजेन्सी, २३ माघ विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ९६ हजार ९५६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३९ करोड ३५ लाख नाघेको छ। सो अवधिमा २० लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ८ हजार ७२ जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण […]

Continue Reading

चर्चित भारतीय गायिका लता मंगेशकरको कोरोना संक्रमणबाट निधन

न्यूज अपडेट संवाददाता एजेन्सी, २३ माघ भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन भएको छ। मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। २८ सेप्टेम्बर १९२८ मा जन्मिएकी उनको ९२ वर्षको उमेरमा निधन भएको हो। कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।उनी विगत दुई […]

Continue Reading

फागुन १ गतेदेखि शिक्षण संस्था खोल्न सरोकारवालाहरुको सुझाव

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ माघ काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा उक्त गृहकार्य भएको हो । प्राप्त […]

Continue Reading

भारतमा थप एक लाख २७ हजार नयाँ सङ्क्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, २२ माघ भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ जना नयाँ सङ्क्रमित भएका छन्। संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा एक हजार ५९ जनाको मृत्यु भएको छ। यससँगै भारतमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा १७१४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ माघ पछिल्लो २४ घण्टामा १ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार २२५ पीसीआर र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ९ लाख ६५ हजार २२२ जना […]

Continue Reading

सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय

न्यूज अपडेट संवाददाता काठमाडौं , १८ माघ सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको […]

Continue Reading