लाइसेन्सको फारम खुल्यो, अनलाइनमार्फत यसरी दिनुस् आवेदन

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १० कात्तिक

लाइसेन्सको फारम खुल्यो, अनलाइनमार्फत यसरी दिनुस् आवेदन

यातायात व्यवस्था विभागले मंगलवारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ । वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण रोकिएको नयाँ आवेदन ६ महिनापछि खुलेको हो ।

विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्छ ।

यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले बताएको थियो । तर, चौतर्फी दबाब बढेपछि पुरानो ट्रायल नसकि नयाँ आवेदन खुलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *