अरनिको सभाभवन निर्माणस्थल परिसरमा सरसफाइ

विशेष समाचार समाचार स्वास्थ्य

भक्तपुर, १५ माघ
भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार अरनिको सभाभवन निर्माणस्थल परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । पाक्षिक सरसफाइ कार्यक्रम अन्तर्गत भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवालले अरनिको सभाभवन निर्माणका लागि २८ रोपनी क्षेत्रफल छुट्याइएको जानकारी दिए ।

भवन निर्माणको लागि प्रदेश सरकारबाट बजेट दिने आश्वासन समेत प्राप्त भएको बताए । सोही कार्यक्रममा वातावरण समितिका सदस्य तथा वडा नं ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्यले भक्तपुरको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदा, पोखरी लगायत ठाउँहरुमा विगत ३ दशकदेखि भक्तपुर नगरपालिकाले जोड दिदै आइरहेको बताए । नगरलाई सुन्दर सहर निर्माणको लागि नगरपालिका लागिपरेको बताउँदैं प्लाष्टिकजन्य वस्तु वातावरणीय समस्याको कारक तत्वको रुपमा रहेको समेत चर्चा गरे । त्यस्तै वडा सदस्य गोविन्द दुवालले सरसफाइको कार्यक्रम उदाहरणीय बन्दै गइरहेको र नेमकिपाले माओत्से तुङ विचारधारा आत्मसात गरी जनताको निम्ति कार्यहरु गरिरहेको समेत बताए । भूकम्प पीडित जनताको लागि रकम पर्याप्त नभएकोले आवाज उठाइरहेको बताए ।

कार्यक्रममा वडा सदस्य सिद्धिराम अवाल, वडा सचिव जितबहादुर खाईजू, शिक्षक गणेशराम थुसा लगायतले पनि बोलेको थियो । सरसफाइ कार्यक्रममा ख्वप कलेज, ख्वप मावि, द राइजिङ इङ्लिस स्कुल, प्रभात इङ्लिस स्कुल, गोल्डेन गेट इङ्लिस स्कुल, लसकुस साकोस, चोछें छुमा गणेश साकोस, श्रमजिवी साकोस लगायत स्थानीय जनताको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *