आज माघे संक्रान्ति देशभर मनाइँदै

भक्तपुर, १ माघ आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ ।आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको […]

Continue Reading

लिच्छविकालीन सांस्कृतिक निधि ङालाकेगु जात्रा माघ २ गते सूर्यमढीमा

नारायणमान बनमाला भक्तपुर, १ माघ सांस्कृतिक तथा ऐतिहासिक नगर भक्तपुरको जीवित देवीको रूपमा पुजिने श्री नवदुर्गा देवगणको ङालाकेगु जात्रा यस वर्ष पुस २९ गते मङ्गलबारदेखि भक्तपुर नगरपालिका वडा नं. ९ सूर्यमढी त्वःचाबाट वापी पाछाकेगु अथवा तःसि (बिमिरो) ललायेगु जात्राबाट शुभारम्भ हुन्छ । माघ २ गतेदेखि स्थानबाट जात्रा प्रारम्भ हुन्छ । मानव समाजमा आधारित दैनिक जीवनको आचरणबारे […]

Continue Reading

भक्तपुर घरेलु तथा साना उद्योग संघको २९ औं साधारणसभा सम्पन्न

भक्तपुर, १ माघ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर घरेलु तथा साना उद्योग संघको २९औं तथा महिला उद्यमी समितिको २७ औं वार्षिक साधारणसभाको उद्घाटन सोमबार भएको छ । कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले नेपाल सरकारको उद्योग नीति आलोचनायोग्य भएको बताउँदै नेपाली कर प्रणाली प्रगतिशील हुनुपर्नेमा जोड दिए । विदेशी पूँजीको पैसाले […]

Continue Reading

ऐतिहासिक भैरवनाथ मन्दिर पुनर्निर्माणसम्बन्धी आय–व्यय र पुस्तक सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, १ माघ २०७२ सालको भूकम्पले क्षति पु¥याएको विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको ऐतिहासिक भैरवनाथ मन्दिरको पुनर्निर्माणसम्बन्धी आय–व्यय र पुस्तक सार्वजनिकीकरण कार्यक्रम मंगलबार भक्तपुरको टौमढीमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सोही समारोहमा भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ऐतिहासिक भैरवनाथ मन्दिर जीर्णोद्धार २०७६’ र ‘भैरवनाथ मन्दिर जीर्णोद्धारसम्बन्धी […]

Continue Reading