नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै साँगीतिक महोत्सव

पर्यटन मनोरञ्जन समाचार

भोजपुर, ५ माघ


नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै टेम्केमैयुङ गाउँपालिकाको आयोजनामा पर्यटकीय साँगीतिक महोत्सव हुने भएको छ । यहि फागुन १३ र १४ गते गाउँपालिकामा टेम्केमैयुङ मुन्दुम पर्यटकीय साँगीतिक महोत्सव २०७६ हुने भएको हो ।
कार्यक्रम मार्फत गाउँपालिका भित्रका चलचित्र, साहित्य, सांगितिक, खेलकुद, पर्यटन क्षेत्रका अग्रज तथा उत्कृठ एक÷एक जनालाई सम्मान गरिने गाउँपालिका अध्यक्ष ध्रुर्व राज राईले बताए । गाउँपालिकाको ८ लाख लागतमा गाउँपालिका केन्द्र अन्नपूर्णमा हुन लागेको महोत्सवको प्रमुख अथिति प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई रहने जनाईएको छ । महोत्सवको लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । सो अवसरमा गणेश रसिक एकल साँझ समेत हुने जनाइएको छ ।
कार्यक्रमका विषयमा पत्रकार सम्ममेलन मार्फत जानकारी गराउदै गाउँपालिका अध्यक्ष राईले यसले नेपाल भमण वर्ष २०२०लाई सफल बनाउन सहयोग पुग्ने बताए । अध्यक्ष राईले भने ‘ नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउन कार्यक्रमको आयोजना गरिएको हो,यसले हाम्रो गाउँपालिका क्षेत्रको पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा समेत सहयोग पुग्ने आशा गरेका छौ ।
यस क्षत्रको पर्यटकिय क्षेत्रको विकासका लागि प्रदेश एक सरकारले दुई करोड बजेट समेत विनियोजन गरेको छ । यो गाउँपालिका पर्यटकिय हिसावले जिल्लाकै सवै भन्दा पहिलो स्थानमा रहेको समेत गाउँपालिकाले जनाएको छ । यस गाउँपालिकामा हाँस पोखरी, टेम्के डाँडाँ, महभिर झर्ना लगाएतका विभिन्न ऐतिहासिक पर्यटकिय स्थलहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *