शुभदीप साकोसको पूँजी तथा दायित्व १ करोड ९० लाख

अर्थ/वाणिज्य समाचार

भक्तपुर, २३ कार्तिक


भक्तपुर देगइनास्थित रहेको शुभदीप बचत तथा ऋण सहकारी संस्था लि.को बाह्रौं वार्षिक साधारणसभा शनिवार ब्रम्हायणी पीठमा सम्पन्न भएको छ । गत आव २०७४/७५ मा १ करोड ७२ लाख २९ हजारको पूँजी तथा दायित्व रहेको उक्त संस्थामा आव २०७५/७६ मा १ करोड ९० लाख ७२ हजार रहेको संस्थाले बताएको छ ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उनले आजका बालबालिकाहरूलाई पैसा फल्ने विरुवाका बारेमा जानकारी गराई दुर्जन मानिसको संगतबाट छुटाउन सक्नुपर्ने बताए । कार्यक्रमको उद्घाटन गर्दै उनले सभ्य सुसंस्कृत सहकारीको निर्माण गर्न योग्य इमानदार र लगनशील टीमवर्कको आवश्यकता रहेको बताए । उनले घरपरिवारबाटै आफ्ना छोराछोरीहरु कुलतबाट जोगाउनुपर्ने बताए ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष कान्छाभक्त घजूले सहकारीलाई सरकारले विभिन्न खालका ऐनकानुनको निर्माण गरी कुन्ठिन बनाउन खोजेको बताए ।


त्यस्तै भक्तपुर न.पा. ९ वडा महिला सदस्य छोरीमैया सुजखु (प्रजापति)ले नगरपालिकाले गरिआएको शिक्षा र स्वास्थ्यका बारेमा बताए । उनले नयाँ प्रविधिको दुरुपयोगप्रति सचेत हुनुपर्ने बताइन् । संस्थाका अध्यक्ष श्यामकृष्ण प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रमबाट आ.व. २०७५/७६को सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, आ.व.०७६/७७ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक र संस्थाको विधान संशोधनलगायतका प्रस्ताव पारित गरेको थियो । कार्यक्रममा उपाध्यक्ष राजकुमार प्रजापति, सचिव विजयप्रसाद प्रजापति, कोषाध्यक्ष ज्ञानेन्द्रप्रसाद मगजु, सदस्य श्रृजना प्रजापति, लेखा सुपरीवेक्षण समितिका संयोजक रामेश्वर खाइतु लगायतले बोलेका थिए । संस्थाले २०७६ मंसीर १ देखि ३० सम्म र २०७७ साउन १ देखि मसान्तसम्म शेयर थप गर्न सक्ने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *