भनपा–१ स्थित नवनिर्मित नयाँ पाटी र शारीरिक व्यायाम स्थल उद्घाटन

समाचार स्वास्थ्य

भक्तपुर, ७ कार्तिक


भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा नवनिर्मित नयाँ पाटी र शारीरिक व्यायाम स्थल उद्घाटन तथा शारीरिक व्यायाम सामग्री नःपली सेजनानगर सेवा समितिलाई हस्तान्तरण बुधबार गरे ।
कार्यक्रममा प्रमुख प्रजापतिले नपाले नपाका सबै ठाउँमा व्यायाम सामग्री राख्नुको मुख्य उद्देश्य सबै नागरिकहरुलाई स्वस्थ बनाउनु रहेको बताउँदै “शारीरिक व्यायाम र खेलकुद मानव जीवनको अभिन्न अंग हो” भने ।


उनँले समाजवाद उन्मुख व्यवस्था अनुसार आफ्ना नीति तथा कार्यक्रमलाई अगाडि बढाइरहेको उल्लेख गर्दै प्रत्येक नागरिकलाई सैनिक तालिम दिइने व्यवस्थाको माग नेपाल मजदुर किसान पार्टीले अगाडि सारेको बताउँदै खेलकुदमा सरिक व्यक्तिहरु शारीरिक रुपमा तन्दुरुस्त हुने बताए ।
सिद्धपोखरीको उत्तरतर्पmको खेलमैदानमा भक्तपुर नपाले आयोजना गर्ने विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुने जानकारी गराउँदै भाजुपोखरी, रानीपोखरी जस्ता ठूल्ठूला पोखरीहरु पुनःनिर्माण कार्य तीब्र रुपमा अगाडि बढाइरहेको उनले बताए ।
भक्तपुर नपाभित्र रहेका पर्ति जग्गा र सरकारी जग्गालाई सही ढंगले सदुपयोग र संरक्षण गरिरहेको बताउदै प्रमुख प्रजापतिले कुहिने र नकुहिने फोहर अलग अलग छुट्याएर दिनको निम्ति आह्वान गरे ।


भक्तपुर नपाले सञ्चालन गररहेका कलेजप्रति देशभरीकै स्थानीय तहहरुको निम्ति चासोको विषय बनिरहेको र नपाको मुख्य उद्देश्य व्यापक जनताको हितमा काम गर्ने रहेको बताउदै उनले नगरपालिका जनसहभागिता र व्यापक छलफल मार्पmत अगाडि बढिरहेको बताए ।
कार्यक्रमका सभापति एवं भनपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नगरबासीलाई शारीरिक रुपमा स्वस्थ राख्नको लागि नपाले १० वटै वडामा व्यायामस्थल व्यवस्थापन र व्यायाम सामग्री जडान गरिसकेको बताए ।
उनले सिद्धपोखरीमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको सहजताको लागि पोखरीको पूर्वपट्टि पाटी सहितको शौचालय निर्माण गरिएको र यहि आउँदो कार्तिक महिनामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुने जानकारी गराए ।
कार्यक्रममा १ नं. वडाका पूर्व वडाध्यक्ष लक्ष्मीनारायण राजलवतले नेपालभाषा साहित्य तःमुँज्या मुगुठीले यहि कार्तिक १२ गते मंगलबार न्हुँ दँ ¥यालीको आयोजना गरेको हुँदा कार्यक्रममा सहभागिताको लागि अनुरोध गरे ।
कार्यक्रममा नवनिर्मित पाटी उपभोक्ता समितिका अध्यक्ष गणेशभक्त कोजुले नवनिर्मित पाटी र व्यायाम स्थलको सदुपयोग गर्न अनुरोध गरे भने समितिका कोषाध्यक्ष बाबुकाजी धौबन्जारले पाटी निर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै लागत इष्टिमेट ५९ लाख ९० हजार भएकोमा कूल खर्च ५२ लाख ३७ हजार भएको जानकारी गराए ।
कार्यक्रममा प्रमुख प्रजापतिले नःपली सेजनानगर सेवा समितिलाई सृजनानगरमा राखिने व्यायाम सामग्री हस्तान्तरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *