दक्षिणकाली नगरपालिकाका प्रमुखको नेतृत्वको प्रतिनिधि मण्डल भक्तपुर नपामा

अर्थ/वाणिज्य विशेष समाचार समाचार

भक्तपुर, ७ कार्तिक


भनपा प्रमुख सुनिल प्रजापतिले दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत सहितको टोलीलाई बुधबार भक्तपुर नगरपालिकामा भादगाउँले टोपी र खादा लगाएर स्वागत गरे ।
भेटमा उनले भक्तपुर नगरपालिकाको विषयमा जानकारी दिदै नेपाल मजदुर किसान पार्टीको घोषणापत्रमा उल्लेख भए अनुसारको कार्य गर्दै आएको बताए । साथै उनले शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै कार्य गर्दै आएको जानकारी दिदै भक्तपुर नगरपालिकाद्वारा ७ वटा विभिन्न कलेजहरु सञ्चालन गरी इन्जिनियरिङ, नर्सिङ, विज्ञान, वाणिज्यशास्त्र, मानविकिी लगायतका विभिन्न विषयहरुको अध्ययन अध्यापन भइरहेको जानकारी गराए ।
उनले नगरपालिकाले ६ वटा शिशुस्याहार सञ्चालन गरिरहेको, यस वर्षदेखि कानुन र चित्रकला विषयको अध्ययन अध्यापन गरिरहेको र इतिहास, राजनीनीतिशास्त्र, भूगोल जस्ता विषयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिरहेको बताउदै नगरपालिकाले आर्थिक रुपमा कमजोर भएका विद्यार्थीहरुलाई स्नातक तह र सो भन्दा माथिको तह अध्ययन गर्नका लागि प्रत्येक वर्ष नगरभित्रका १०० जना विद्यार्थीलाई प्रति विद्यार्थी रु ५ लाख सम्मको शैक्षिण ऋण प्रवाह गर्दै आएको जानकारी गराए ।


प्रमुख प्रजापतिले भक्तपुर नपाद्वारा स्वास्थ्य क्षेत्रमा भइरहेको प्रगतिबारे जानकारी गराउदै १०० शैंयाको ख्वप अस्पताल निर्माणाधीन रहेको र घरदैलो नर्सिङ सेवाद्वारा ज्येष्ठ नागरिक लगायतका नगरवासीहरुको नियमित स्वास्थ्य परीक्षण भैरहेको बनाउदै तिलगंगा आँखा अस्पतालको सहयोगमा सस्तोमा आँखाको शल्याक्रिया भइरहेको, आयुर्वेदिक सेवा सञ्चालनमा रहेको तथा छात्ती पुनःस्थापना केन्द्र सञ्चालनको क्रममा रहेको बताए ।
भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिरहेको जानकारी गराउदै सम्पदा पुनःनिर्माणमा विदेशीको सहयोग विनानै कार्य भैरहेको उनले बताए । भक्तपुर नगरपालिकाद्वारा सञ्चालन भइरहेको आवास योजनाहरुको बारेमा जानकारी गराउँदै उनले स्थानीय सरकारको रुपमा स्थानीय तहहरुले प्रचलित कानुन अनुसार व्यवस्थित रुपमा काम गर्ने स्वायत्तताको अभ्यास भक्तपुर नगरपालिकाले गरिरहेको बताए ।


भेटमा दक्षिणकाली नगरपालिकाका प्रमुख बस्नेतले दक्षिणकाली नपा ६ वटा गाविसहरु मिलेर बनेको सानो साँस्कृतिक र धार्मिक महत्व बोकेको नगरपालिका भएको जानकारी गराउँदै उक्त नगरपालिका प्राकृतिक श्रोतले भरिपूर्ण रहेको बताए ।
उनले भ्रमणको उद्देश्यमाथि प्रकाश पार्दै भक्तपुर नगरपालिकाले गर्दै आएका उदाहरणीय कार्यहरुलाई पछ्याउँदै शिक्षाको विकासको लागि भनपाद्वारा सञ्चालित कलेजहरुको अवलोकन र निरीक्षणको लागि भ्रमण टोली आएको बताए ।
भ्रमण टोलीमा उपप्रमुख बसन्ती तामाङ डंगोल, वडाध्यक्षहरु श्यामबहादुर खत्री, शंकरमान महर्जन, अमृका वलामी, कार्यपालिका सदस्य राजेश परियार र अन्य पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *