झिमरुकले कृषकलाई गहुँको विउ वितरण गर्दै

अर्थ/वाणिज्य समाचार

प्यूठान, ५ कात्तिक


प्यूठानको झिमरुक गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउँ बितरण गर्ने भएको छ । गाउँपालिकाको कृषि इकाई शाखाले गाउँपालिका भित्र रहेका कृषकलाई अनुदानमा गहुँको विउ वितरण गर्ने भएको छ । झिमरुक गाउँपालिका अन्र्तगत कृषि इकाई शाखाबाट आर्थिक वर्ष २०७६/०७७ मा स्वीकृत कार्यक्रम अन्तरगत गहुँको बिउ वितरण गर्न थालिएको कृषि इकाई शाखा प्रमुख टेक बहादुर बिकले जानकारी दिए । स्वर्गद्वारी जातको १ हजार १ एकसय ६० किलो गहुँको विउ स्थानीय कृषकहरूलाई अनुदानमा वितरण गर्न लागिएको गाउँपालिकाका सूचना अधिकारी निमप्रसाद भण्डारीले जानकारी दिए । गाउँपालिका भित्र गठन भएका कृषक समुह,सहकारी सस्था समुहको सदस्यहरु र व्यावसायिक कृषकहरु लाई गहुँको बिउ कृषि इकाई शाखा कार्यालय मच्छिबाट वितरण गरिने कृषि शाखा प्रमुख बिकले बताए ।
यस आर्थिक वर्षको लागि गाउँपालिकाले कृषकलाई गहुँको बीउ खरिद गरि वितरणको लागी ७२ हजार रकम बिनियोज गरेको गाउँपालिकाको अध्यक्ष तिलक जिसीले जानकारी दिए । ‘रैथाने जातको बीउँ रोप्दा उत्पादन कम हुन्छ त्यसैले पालिकाले उन्नत जातको बीउँ बितरण गर्न लागेको हो’ उनले भने । स्थानीय कृषकहरुलाइ कृषितर्फ आकर्षण बनाइ आत्मनिर्भर गराउने उदेश्यले गहुँको बीउ वितरण गर्न लागेको अध्यक्ष जिसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *