रैथाने बाली जोगाउँन बीउमा अनुदान

अर्थ/वाणिज्य समाचार

रुकुम, ४ कार्तिक


रुकुम पूर्वको भुमे गाँउपालिकाले रैथाने बाली जोगाउँने अभियान चलाएको छ । लोपोन्मुख अवस्थामा रहेका रैथाने बालि जोगाउँन गाउँपालिकाले अभियान सञ्चालन गरेको हो । रैथाने बाली जोगाउँन गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई बीउ वितरण गरेको छ । लोप भएका र लोपोन्मुख रहेको बीउमा शतप्रतिशत अनुदानमा कृषकलाई भुमे गाउँपालिकाका अध्यक्ष रामसुर वुढाले बताए । उनले भने, गाउँपालिकाकाले चालू आर्थिक वर्षमा कृषिमा आत्मनिर्भरताको अभियान चलाएको छ ।
जसको लागि समग्र कृषि शाखाको लागि रु. १ करोड ६७ लाख ६६ हजार बजेट विनियोजन गरेको छ । लोपोन्मुख तथा स्थानीय बीउलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले उक्त बीउमा पालिकाकाले सतप्रतिशत अनुदानको व्यवस्था गरिदिएको गाउँपालिकाका कृषि प्राविधिक सहायक शिखर बिश्वकर्माले जानकारी दिएका छन् ।
‘स्थानीय उत्पादन हुने बीउ तोरी, फापर, कोदो, मकै लगायतको बीउमा शतप्रतिशत अनुदान प्रदान भइराखेको छ’ उनले भने‐‘विगतका वर्षमा आफै तोरी उत्पादन गरेर तेल, फापरबाट रोटी र कोदोबाट आत्मनिर्भर हुने लक्ष्य गाउँपालिकाको रहेको छ । पछिल्लो समय उत्पादन बृद्धि गर्ने नाममा हाइब्रेड जातका अन्नबाली भित्रिएका कारण रैथानेबाली लोप हुने अवस्थामा पुगेको भन्दै गाउँपालिकाले चासो व्यक्त गरेको छ । त्यसैगरी ‘एक घर एक करेसाबारी’ नारा अपनाई तरकारीको लागि पनि प्रत्येक चौमासिकमा वडा र पालिकाबाट तरकारीको बीउ समेत स्थानीयले निःशुल्क पाइराखेका छन् । मागमा आधारित औजार उपकरण, साना सिंचाई, मौरी र माछा पालन लगायतका कृषि व्यवसायको लागि समेत किसानलाई प्रोत्साहन गर्ने गनउँपालिकाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *