फूलको माग बढ्न थालेपछि किसान उत्साहित

अर्थ/वाणिज्य मनोरञ्जन समाचार

चितवन, ४ कार्तिक


तिहार नजिकिएसंँगै सयपत्री फूलको माग बढ्न थालेपछि चितवनका फूलखेती किसान उत्साहित भएका छन । चितवन लगायत अन्य जिल्लाबाटपनि फूलको अर्डर आउनथालेपछि उनीहरु उत्साहित भएका हुन । अन्य समयमा भन्दा तिहारको बेला फूलको माग अत्याधिक हुने हुंँदा आफूहरु अर्डर लिन र फूल टिप्न व्यस्त भएको किसानहरु बताउंँछन ।
भरतपुर महानगर पालिका वडा नम्बर ११ का शुभम नर्सरीका सञ्चालक शंकर तिवारी एकहप्ता देखिनै जिल्ला लगायत अन्य ठाउंँबाट फूलको माग आउन थालेको बताउंँछन । तिहारलाईनै लक्षित गरेर उनले नर्सरीमा ४ कठ्ठा क्षेत्रफलमा फूलखेती गरेका छन । ‘अन्य समयमा सयपत्री संँगै कटफ्लावर फूलहरु जान्थ्यो , उनले भने, यो समयमा सयपत्रीको अत्यधिक डिमान्ड छ । हामी उत्साहित छौ ।’केहीबर्ष अघिसम्म घरको प्रयोजनको लागि सयपत्री मखमली फूल लगाउने गरेपनि अहिले चितवनमा व्यवसायिक रुपमा सामुहिक फूलखेती एवं व्यत्तिगत रुपमा फूलखेती गर्ने किसानको संख्या बढ्दो छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ उज्जवल टोलमा सयपत्री फूल खेती समुहले व्यवसायिक रुपमा फूलखेती गर्दै आएको छ । समुहकी सदस्य शान्ती न्यौपाने आफूले समुहमा र व्यक्तिगत रुपमै पनि फूलखेती शुरु गरेको बताउंछिन । ‘पहिले समुहबाट फूलखेती गर्यौ, उनले भनिन, अहिले माग बढ्दै गएपछि म आफैले पनि लगाएको छु ।’ शुरुका क्षणमा जिल्लामा मात्र सयपत्री फूलको खपत गरेपनि पछिल्लो समय हेटौंडा, नेपालगञ्ज लगायतका जिल्लाहरुबाट अर्डर आउन थालेको उनले बताइन । हाल उनको नर्सरीमा सयपत्री, मखमली फूल तयारी अवस्थामा रहेको छ। फूलखेती क्षेत्र विस्तारसंँगै अत्याधिक माग बढेका कारण तिहार लगायतका चाडबाडमा फूलको माग पुरयाउन नसकेको किसानहरु बताउंँछन । स्थानीय कार्यक्रम, विवाह, व्रतवन्धमा फूल पुरयाउन सकिएपनि तिहारमा पुरयाउन नसकिने उनीहरुको भनाई छ । रत्ननगरनगरपालिका वडा नम्बर ११ जिरौनाका टंक पौडेलको नर्सरीमा पनि सयपत्री फूल ढपक्कै फूलेको छ । तिहार अगावै अर्डर आउन थालेपछि आफूहरु अर्डर लिन व्यस्त बन्नु परेको उनले बताए । ‘पहिले पहिले फूल किन्ने ग्राहक खोज्नुपथ्र्यौ उनले भने, अहिले फोनबाट, घरमै फूल लिन आउंँछन ।’ आफूले लगाएको फूलको अर्डर आउन थालेपछि फूलखेती व्यवसायमा सन्तुष्ट भएको उनले बताए । ‘फूलको बजार पनि राम्रो छ, बिक्री पनि राम्रो छ’ उनले भने ।


फ्लोरिकल्चर एशोशियन, चितवनका प्रकाश पन्त पनि तिहार आउनुभन्दा अगाडिनै फूलमालाको अर्डर आएको बताउंँछन । गतबर्ष ४० हजार मालाको उत्पादन भएपनि यसपटक मालाको उत्पादन ह्वातै बढेको छ । ‘उत्पादन पनि बढेको छ, किसान पनि बढेका छन, उनले भने तर माग पुरयाउन सकिएको छैन ।’ उनका अनुसार व्यवसायिक रुपमा चितवनमा यसपटक ६० हजार भन्दा बढी माला उत्पादन हुने अनुमान छ । ‘यसबर्ष यहांँको लागि १० प्रतिशत मालामात्रै बाहिरको आबश्यक पर्ला ’ उनले भने ।
एशोशियनले दिएको जानकारी अनुसार चितवनमा ३० विघा भन्दा बढी क्षेत्रफलमा व्यवसायिक फूल खेती हुदै आएको छ । यहांँ व्यवसायिक फूलखेती गर्नेको संख्या ४० को हाराहारीमा छ भने फूलको नर्सरी र गार्डेनिङ्ग गर्नेको संख्या २० को हाराहारीमा छ । चितवनमा बुकी फूल, कटफ्लावर ,रोज र ग्याडोलस जस्ता मौसमी फूलको व्यवसायिक खेती पनि हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *