भक्तपुर सहकारीको २२औं साधारणसभा सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

भक्तपुर, २ कात्तिक


‘सहकारिताः लगनशीलता र पारदर्शीता हाम्रो प्रतिवद्धता’ भन्ने नारालाई आत्मसात गर्दै अगाडि बढेको समुदायमा आधारित सहकारी भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारणसभा भक्तपुरको ब्रम्हायणी पीठमा शनिवार सम्पन्न भएको छ । आव २०७५÷७६ को पूँजी तथा दायित्व २ अर्ब १० करोड ३९ लाख ५३ हजार ४६१ रुपैयाँ पु¥याएको उक्त संस्थामा शेयर सदस्य संख्या ७ हजार ६७ र बाल बचतकर्ता १ हजार २१७ रहेको संस्थाले बताएको छ ।

प्रमुख अतिथि नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले उद्घाटन गरेको उक्त कार्यक्रममा संस्थाबाटै प्रशिक्षित बीणा बाजाका प्रशिक्षार्थीहरूबाट स्वागत तथा उद्घाटन धून बजाएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष रामप्रसाद प्रजापतिले आव २०७५÷७६ का वित्तीय विवरण तथा २०७६÷७७ को अनुमानित वार्षिक बजेट, संस्थाका सञ्चालक सदस्य जगन्नाथ प्रजापतिले सञ्चालक समितिको प्रगति प्रतिवदन, लेखा संयोजक लक्ष्मीप्रसाद दुवालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत र छलफलपछि पारित गरेको थियो । सो अवसरमा चार्टर एकाउन्टेन्ट बीआरबीएस एन्ड एशोसिएट्सका विजय सुकुपायोले गरेको संस्थाको लेखा परीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।


संस्कृति शिरोमणि हरेराम जोशी र प्रस्तरमूर्ति कलाकार काजिराम भन्ने कान्छा रंजितकारलाई नगद रू.१५ हजार सहित दोसल्ला ओढाइ प्रमुख अतिथिबाट सम्मान गरेको थियो । उक्त कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कृष्णगोविन्द लाखा, राष्ट्रिय सहकारी बैंकका ज्ञानबहादुर तामाङ, सिन्धु नेवा खलःका अध्यक्ष माधवलाल जोशी, भक्तपुर नपा ९ वडाध्यक्ष रवीन्द्र ज्याख्व, पूर्व सभासद् अनुराधा थापामगर, आयोजक संस्थाका सल्लाहकार कृष्णप्रसाद धन्छा, उपाध्यक्ष निर्मल प्रजापति, सचिव लक्ष्मीप्रसाद कुसीलगायतले संस्थाको प्रगतिमा सदस्यको योगदानबारे चर्चा गरेको थियो । लेखा परीक्षक प्रतिवेदनका अनुसार संस्थाले आव २०७५÷७६ मा खुद मुनाफा ४ करोड ५८ लाख ८६ हजार ५७३ रुपैयाँ गरेको उक्त संस्थाले विभिन्न उपसमितिमार्फत विभिन्न शीपमूलक तथा रोजगारमूलक तालीम प्रदान गरेको छ ।
उक्त सभाले ४ वर्षका लागि बलराम प्रजापतिको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र कृष्णसुन्दर प्रजापतिको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ । संस्थाका सदस्यहरूबाट विभिन्न स्टलहरू समेत राखेको उक्त सभामा सांस्कृतिक प्रस्तुति देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *