भक्तपुरका सम्पदाहरु अवलोकन गर्दै नगर प्रमुख

कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, २९ असोज


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार भक्तपुर दरबार क्षेत्र (लायकु) मा निर्माणाधिन ताहा फल्चा (लामो पाटी), निर्माण सम्पन्न भैरनाथको मन्दिर र पुनःनिर्माणको क्रममा रहेको पाँचतले मन्दिरको स्थलगत निरीक्षण गरे । निरीक्षणमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला, प्रशासन प्रमुख दामोदर सुवाल, गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्य, सम्पदा उपशाखाका इ. सूर्यभक्त खर्बुजालगायत थिए । २०७२ सालको भूकम्पमा क्षति पुगेका भक्तपुरका सांस्कृतिक सम्पदाहरुलाई नगरपालिकाले पुरानै शैलीमा पुनःनिर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *