महरालाई अझै तीन दिन हिरासतमा राख्न सरकारी वकिलको माग, अदालतमा बहस जारी

विशेष समाचार समाचार

काठमाडौं, २८ असोज

संसद सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणी गर्न खोजेको आरोप लागेका कृष्णबहादुर महरालाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप्नुपर्ने वा नपर्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा बहस सुरू भएको छ।
महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले र सरकारी वकिल उमाकान्त पौडेलले बहस गर्दैछन्।महराको म्याद थप निवेदन हेर्न जिल्ला न्यायाधीश दीपक कुमार दाहालको इजलास तोकिएको छ।
सरकारी वकिलको तर्फबाट उमाकान्त पौडेलले महरालाई अझै तीन दिन अनुसन्धानका लागि हिरासतमा राख्नु पर्ने माग गरेका छन्।
उक्त घटनाको अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले पक्राउ गरेको दिनदेखि लागू हुने गरी १३ दिन म्याद थप गर्न पत्र काटेको थियो। ‘महरा बिरामी भएकोले उनको बयान लिन अझै तीन दिन लाग्छ। त्यसैले १३ दिन म्याद थप गर्न पाउ भन्दै वकिल पौडेलले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *