दैलेखमा दोस्रो पटक पेट्रोलियम अन्वेषणको काम शुरु हुँदै

विज्ञान/प्रविधि समाचार

दैलेख, २९ असोज


पेट्रोलियम अन्वेषणको दोस्रो पटकको काम शुरु हुने भएको छ । दैलेखका शिरस्थान, नाभिस्थान लगायत क्षेत्रमा पेट्रोलियम भण्डार रहेको पाईएको यहाँ अन्वेषण शुरु गर्नको लागि चिनिया सरकारको विशेषज्ञ टोलि दास्रो पटक दैलेख आएर काठमाडौँ फर्किएको छ ।
दैलेख आई यहाँका जनप्रतिनिधि ,सांसद र प्रमुख जिल्ला अधिकारी सँग भेटघाट गरेर टोलि संघीय राजधानी तर्फ लागेको हो । काठमाडौँबाट टोलि फर्किय लगत्तै काम शुरु हुने जनाईएको छ ।गत असार २६ गते औपचारिक उद्घाटन गरिएको थियो । दैलेख आएको चीन सरकारको विशेषज्ञ टोली करिब १५ दिन विभिन्न अध्ययन ,अनुसन्धान गरेर दशैँमा फर्किने भन्दै फिर्ता भएको थियो । कति पयले हल्ला फिजाएको कारण पनि टोलि फिर्ता भएको भनेका थिए ।
दशैँको केहि साता अघि नै दैलेख आई पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक पर्ने इन्धनलगायत सामानको व्यवस्थापनसँगै विशेषज्ञ टोली बस्ने स्थान छनोट भइसकेको छ । दोस्रो पटकको अन्वेषणबाट टोलिले पेट्रोलियम पदार्थको परिमाण , रहेको स्थानका बारे निष्कर्ष निकाल्ने भएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललका अनुसार दैलेख आई टोलिले अन्वेषणका थप विषयमा छलफल गरेको छ ।
चिनबाट सामाग्री आउने
अन्वेषणका लागि चीनबाट सामाग्री केहि दिनमै काठमाडौँ आईपुग्ने अन्वेषण परियोजनामा संलग्न रहेका गणेशराज त्रिपाठीले बताए । सामाग्री काठमाडौँ आईसकेपछि सामाग्रीसहित टोलि दैलेख आउने छ ,उनले भने ,अब टोलिको मुख्य काम भनेको भौगर्भिक सर्वे , म्याग्नेट सर्वे गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *