देशका धेरै ठाउँमा वर्षा

कला/साहित्य विशेष समाचार समाचार स्वास्थ्य

भक्तपुर, १ असोज


आज बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा वर्षा भईरहेको छ । काठमाडौं, भक्तपुर, ललितपुर बाँके, बर्दिया, सल्यान, रसुवा, कैलाली, सर्लाही, सिरहालगायतका ठाउँमा अन्य ठाउँको तुलनामा ठूलो वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बुधबार दिनभर देशभरि सामान्यदेखि पूर्ण बदली रही पश्चिम तथा मध्यका धेरै तथा बाँकी क्षेत्रका केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । थोरै स्थानमा भने ठूलो वर्षा हुने सम्भावना छ ।मौसमविद्का अनुसार आज दिनभर नै धेरै ठाउँमा पानी पर्ने र बिहीबारदेखि बिस्तारै मौसम खुल्दै जाने छ । मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले सोमबार रातिदेखि वर्षा भएको महाशाखाले जनाएको छ ।

सोमबार रातिदेखि देशको मध्य र पश्चिम पूर्वी भूभागका धैरैजसो स्थानमा भारी वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढ्न सक्ने साथै सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन महाशाखाले आग्रह गरेको छ ।

मनसुनी क्यालेन्डरअनुसार नेपालमा यस वर्षको मनसुन सकिन अब छ दिन मात्र बाँकी छ । तर, दशैंसम्म नै वर्षा रहने छाँट मनसुनी गतिविधिले देखाएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *