भक्तपुरमा पञ्चदान पर्व  मनाइदै

कला/साहित्य समाचार

भक्तपुर, १२ भदौ


भक्तपुरमा पञ्चदान पर्व बिशेष तवरले मनाएको छ । बौद्ध धर्मलम्वीहरुले बिशेष पर्वका रुपमा मनाउने यो पर्वलाई हिन्दु धर्मालम्वीले पनि त्यतिकै महत्वका साथ मनाउने चलन छ । बिशेष गरेर गुँलाँ पर्व श्रावण प्रतिपदा तिथि बाट शुरु भई भाद्र प्रतिपदा सम्म एक महिना बाजा बजाएर भक्तपुरका बिभिन्न वह घुम्ने चलन छ ।

यसै अन्तर्गत आज पञ्चदानका दिन पाँच वटा बुद्धहरु १, प्रसन्नशील महाविहार, क्वाठन्डौ २, चतुव्र्रम्ह महाविहार, साकोठा ३ ,झौरवही महाविहार, गोःमार्ही ४, थथुवही महाविहार, र ५, कुथुवही महाविहार दुधपाटी यी सबैलाई सुर्य माःर्ही टोलको दबुमा राखी पुजा गरी सबैलाई बिभिन्न टोलमा घुमाई पुजागर्दै दुधपाटी स्थीत कुथुवहीमा राखी पञ्चदान गर्ने गरीन्छ । भक्तजनहरुले आफ्नो गक्ष अनुसार पञ्चदान दिने गरीन्छ ।

यी दीपंकर बुद्धहरुलाई बर्षको दुई पटक आज र माघको सक्रान्तिमा मात्र बाहिर निकाली नगर परिक्रमा गरी पुजा गर्ने चलन छ ।
त्यस पछि भार्बचो हुदैँ बिभिन्न टोलहरु घुमाउदै ङातापोंल्हँ मन्दिर अगाडीको दबुमा अन्तिम पुजा गरीसके पछि साकोठा को दोबाटो बाट पाँचै वटा बुद्धलाई आआफ्नो बहातिर लगी पञ्चदान पर्वको कार्यक्रम समापन गरीन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *