ख्वप इन्जिनियरिङ कलेजमा प्रा.डा. मोहनमूर्ति पन्तलाई बिदाई कार्यक्रम

भक्तपुर,२२ साउन भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले बुधबार ख्वप इन्जिनियरिङ कलेजबाट अवकाश पाएका प्रा.डा. मोहनमूर्ति पन्तलाई दोसल्ला ओढाई र कदरपत्र प्रदान गर्नुभई बिदाई गरे। २०६५ साल जेठ १२ गतेदेखि सेवारत प्रा.डा. पन्तले उमेर हदका कारण २०७६ साल साउन २२ गते कलेजबाट अवकाश प्राप्त गरेको थियो । बिदाई कार्यक्रममा प्रमुख प्रजापतिले […]

Continue Reading

गाईजात्रामा तारहरु व्यवस्थित गरिने

भक्तपुर,२२ साउन २०७६ सालको गाईजात्रा पर्व (सापारु) व्यवस्थित र भव्यताकासाथ सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, केबुल र इन्टरनेटका तारहरु व्यवस्थित गर्न भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापतिको अध्यक्षतामा सरोकारवालाहरुको विहीबार भनपामा बैठक बस्यो । बैठकले नगरका विभिन्न क्षेत्र र गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका अव्यवस्थित तारहरुलाई सम्बन्धित सेवा प्रदायकहरुले आफै व्यवस्थापन गर्ने, गाईजात्रा […]

Continue Reading

हनुमानघाटदेखि वासिकचासम्मको बाटोमा वृक्षारोपण 

भक्तपुर, २० साउन भक्तपुर नगरपालिका वडा नं. ७ को आयोजनामा हनुमानघाट परिसर तथा हनुमानघाटदेखि वासिकचासम्मको बाटोमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो । वृक्षारोपण कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले नगरका विभिन्न ठाउँहरुमा वृक्षारोपण, सरसफाइका साथै कौसी खेतीलगायतका तालिमहरु पनि सञ्चालन गरिरहेको बताए । श्रमदानबाट सम्पन्न हुने विकास निर्माणका कामहरु सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको […]

Continue Reading

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति र पन्चदेवल विनायक नपाका प्रमुख देवराज देवकोटाबीच भेट

भक्तपुर,२० साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सोमबार पन्चदेवल विनायक नगरपालिका अछामका प्रमुख देवराज देवकोटाले भेट गरे । भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुश प्रशासकीय अधिकृत यामलाल अधिकारी, भक्तपुर नपाका वडाध्यक्षद्वय रबिन्द्र ज्याख्व र श्यामकृष्ण खत्रीको उपस्थिति रहेको थियो ।

Continue Reading

ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा शिक्षक–कर्मचारी भेला

भक्तपुर, १९ साउन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले मानिस सामाजिक प्राणी भएका कारण सामाजिक कर्तव्य पूरा गर्नु नागरिकको दायित्व हो भने । ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा भएको शिक्षक–कर्मचारी भेलामा शिक्षक–कर्मचारीहरुले आफ्नो पदीय जिम्मेवारीका अलावा समाजको परिवर्तित स्थितिलाई समेत बुझेर काम गरेको खण्डमा समस्याहरु कम हुने बताए । प्रजग कोरियामा १ सय […]

Continue Reading

सरकारको व्यवहार संविधान र कानुनसम्मत छैन : प्रमुख प्रजापति

भक्तपुर, १९ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा शुक्रबार आर्थिक वर्ष २०७५/७६ मा भक्तपुर नपा वडा नं. १० मा भएगरेका कार्यहरुको प्रगति विवरण वडाबासीहरुलाई जानकारी दिने कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिकाको शिक्षा, स्वास्थ्य, सरसफाइ र विकास निर्माण कार्यबारे अवगत गराउँदै प्रमुख प्रजापतिले सांस्कृतिक नगरको सुन्दरता कायम गर्न नगरपालिकाले सरसफाइ र सम्पदा संरक्षणलाई […]

Continue Reading

वडाबासीहरुलाई तीन दिने कौसी खेती तालिम 

भक्तपुर,१९ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार भक्तपुर नपा वडा नं. ३ को आयोजनामा भएको वडाबासीहरूलाई तीन दिने कौसीखेती तालिमको उद्घाटन गरे । भक्तपुर नगरपालिकाको विकास निर्माण कार्यबारे जानकारी गराउँँदै प्रमुख प्रजापतिले हातमा सीप भएको व्यक्तिले कसैको अगाडि झुक्न नपर्ने र कहिल्यै भोको बस्न नपर्ने हुँदा युवाहरूलाई हातमा सीप दिन नगरपालिकाले विभिन्न तालिमहरूको आयोजना […]

Continue Reading

विमा के हो त ?

मुना मुसिख्वाल बीमा व्यवसाय हरेक आर्थिक मुल्य भएका सम्पतिहरुको आर्थिक खिमका जो संरक्षणसँग सम्बन्धित रहेको छ । हरेक सम्पतिको आर्थिक मुल्य हुन्छ किनभने सम्पतिवालाले त्यसबाट फाइदाको आशा राखेको हुन्छ । यो किनभने सम्पति मार्फत व्यक्तिले आफ्ना आवश्यकता पुरा गरिरहेको हुन्छ । यी फाइदाहरु पूँजीमा गरिएको लगानीको प्रतिफल अथवा यस्ता सम्पत्तिहरु प्रयोग गर्दा उत्पन्न भएका सुबिधाहरु […]

Continue Reading

हनुमन्ते नदी सरसफाई अभियानको गौरवमय ७५ हप्ता

मुना मुसिख्वाल भक्तपुर, १९ साउन हनुमन्ते नदी सरसफाई अभियानको गौरवमय ७५ हप्ताको अवसरमा सूर्यविनायक नगरपालिकाको सूर्यविनायक चोकदेखि अरनिको राजमार्ग जडिबुटि सम्म विचको भागमा हरियाली कायम गर्न दुबो तथा विरुवा रोपी सफा सभ्य नमुना भक्तपुर बनाउने कार्यको शुभारम्भ गर्दै बन तथा वातावरण मन्त्री माननीय शक्ति बहादुर बस्नेत समग्र भक्तपुरका जनसमुदायलाई सामाजिक कार्यमा सहभागी गराई समृद्ध भक्तपुर […]

Continue Reading

मुद्रण संघका पदाधिकारीलाई सम्मान

भक्तपुर, १८ साउन भक्तपुर मुद्रण उद्योग संघका नवनिर्वाचित पदाधिकारीलाई शुक्रवार एक समारोहबीच सम्मान गरिएको छ । डिजिटल प्रिन्टलिंक १० औं वर्षमा प्रवेश गरेको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा भक्तपुर मुद्रण उद्योग संघका नवनिर्वाचित अध्यक्ष विश्वराम दुवाल, उपाध्यक्ष विधान याकामी, सचिव रामसुन्दर खाइजु र कोषाध्यक्ष शिरिष सुवाललाई डिजिटल प्रिन्टलिंकका अध्यक्ष बलराम प्रजापतिले सम्मान गरेका […]

Continue Reading