विमा के हो त ?

अर्थ/वाणिज्य समाचार स्वास्थ्य

मुना मुसिख्वाल


बीमा व्यवसाय हरेक आर्थिक मुल्य भएका सम्पतिहरुको आर्थिक खिमका जो संरक्षणसँग सम्बन्धित रहेको छ । हरेक सम्पतिको आर्थिक मुल्य हुन्छ किनभने सम्पतिवालाले त्यसबाट फाइदाको आशा राखेको हुन्छ । यो किनभने सम्पति मार्फत व्यक्तिले आफ्ना आवश्यकता पुरा गरिरहेको हुन्छ । यी फाइदाहरु पूँजीमा गरिएको लगानीको प्रतिफल अथवा यस्ता सम्पत्तिहरु प्रयोग गर्दा उत्पन्न भएका सुबिधाहरु जे पनि मध्ये हुन सक्छन् । उदाहरणको लागी खरिद गरिएको ट्रकले अरुलाई भाडामा दिँदा आम्दानी दिन्छ कारमा भने गरिएको लगानीले आफ्नो व्यक्तिगत कार्य र जीवनमा आनन्द प्रदान गर्दछ । तर कहिलेकाही नसोचेका घटनाहरु जस्तै आगलागी, भूकम्प, बाढीपहिरो, प्राकृतीक प्रकोप जस्ता घटनाले ती सम्पत्तिहरुको नष्ट पारिदिन सक्छ । त्यसैले बीमा भनेको त्यस्ता जोखिमयुक्त सम्पत्तीको आर्थिक र सुरक्षण मुल्य गर्नें माध्यम हो ।
बीमाको शुरुवात ३००० वी.सी. देखि शुरु भएको मानिन्छ । चिनियाँ व्यापारिहरु यात्राका ेक्रममा डरलाग्दा नदीहरुबाट हुनेजोखिम कम गर्न आफ्ना मालसामान धेरै पोको पारी आसपासमा बाँडदथे जसले गर्दा आइपर्ने क्षतिलाई आपसमा बाडिन्थ्यो । बेबिलोनियाकान्द्रिक व्यपारिहरु ढुवानीमा सामु हुने नोक्सानीहरु वापत आफ्ना साहुहरुलाई थप रकम भुक्तानी दिन राजी हुन्थे ।हाम्रो देशमा पनि गुठी प्रथाले मर्दा पर्दा, विवाह, ब्रतबन्धमा गरिने खर्च जस्ता चलनले माथि भनिए जस्तै कुराको अनुसरण गरेको देखिन्छ । ग्रीक समाजले पनि सातौं शताब्दी देखि कल्याणकारी सामा स्थापना गरि मरेको मानिसको काजकिर्या गर्न र मरेको मानिसका अरु परिवारका सदस्यहरुको हेरचाहमा खर्च गरेको पाइन्छ । लन्डनमा सन् १६६६ मा भएको भिषण आगलागीले १३,००० घरहरु जलेर नष्ट भए जसले गर्दा बीमा कम्पनी र आगलागी बीमा कम्पनीको शुरुवात र वारुण कार्यलयको सन् १६८० मा भयो । वर्तमान समयमा विशाल र फैलिएको अवस्थामा रहेको बीमा कारोवारको शुरुवात १७ औं शताब्दीमा लण्डनको ल् घरबाट शुरु भएको हो । सन् १७१६ मा लण्डनमा शुरु गरिएको वल्ड म्युचुयल लाईफ इन्स्योरेन्स कम्पनी नै प्रथम जीवन बीमा कम्पनी हो । नेप १९४६ मा नेपाल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा नेपाल ट्रान्सपोर्ट कम्पनीको नामबाट पहिलो बीमा कम्पनी स्थापना भएको थि लाईफ इन्स्योरेन्स कम्पनी लि. एक निश्चित उद्देश्यका साथ विदेशी कम्पनी समेतको संयुक्त लगानीमा १९८८ सन्मास्थापना गरियो। सन् १९५० पश्चात केही भारतीय जीवन र निर्र्जीवन बीमा कम्पनीले आफ्नो कार्य नेपालमा शुरु गरे १९७२। सन् मा नेपाल सरकारले सम्पूर्ण जीवन बीमा सम्बन्धि व्यवसाय राष्ट्रियकरण गरी जीवन र निर्जीवन बीमा ब्यवसाय संचालन गर्न राष्ट्रिय बीमा संस्थानको स्थापना गर्यो । आर्थिक उदारीकरणको अस नेपाल पनि अछुतो रहन सकेन र निजी क्षेत्रमा कम्पनीहरुलाईजीवन र निर्जीवन बीमा व्यवसाय संचालन गर्न यसले अवसर प्रदान गर्यो ।

विमाले मानिसलाई सुरक्षाको प्रत्याभूति दिलाउने काम गर्ने गर्दछ । विमाले सुरक्षा एवम् वचतलाई समेत प्रोत्साहन दिने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *