सरकारको व्यवहार संविधान र कानुनसम्मत छैन : प्रमुख प्रजापति

समाचार
भक्तपुर, १९ साउन
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा शुक्रबार आर्थिक वर्ष २०७५/७६ मा भक्तपुर नपा वडा नं. १० मा भएगरेका कार्यहरुको प्रगति विवरण वडाबासीहरुलाई जानकारी दिने कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाको शिक्षा, स्वास्थ्य, सरसफाइ र विकास निर्माण कार्यबारे अवगत गराउँदै प्रमुख प्रजापतिले सांस्कृतिक नगरको सुन्दरता कायम गर्न नगरपालिकाले सरसफाइ र सम्पदा संरक्षणलाई महत्व दिइरहेको बताए ।
प्रमुख प्रजापतिले समायोजनमा खटाइएका कर्मचारीहरूलाई स्थानीय तहले हाजिर नगराएमा अनुदान रोक्का गर्ने, बैंक खाता रोक्ने जस्ता धम्की संघ सरकारको व्यवहार संविधान र कानुनसम्मत नभएको बताए ।
नगरपालिकाका नीति नियमहरु नगरबासीहरुकै हितमै बन्ने गरेको र जनताको बीचबाट आएका सुझावहरुलाई नगरपालिकाले रचनात्मक ढंगले आत्मसात गर्ने बताउँदै प्रमुख प्रजापतिले नक्सा पासबमोजिम पुरानो शैलीमा घर तथा भवन निर्माण गर्न उत्साहित गरे।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले वडा नं. १० को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी आ.व. २०७६/७७ को लागि ५० लाख बजेट विनियोजन भएको जानकारी गराए। उनले वडाको विभिन्न विकास निर्माण कार्यमा उपभोक्ता समितिमा बसी सहयोग गर्न नगरबासीमाझ आह्वान गरे ।
पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलकले आफ्नो अनुभवहरु सुनाउँँदै अस्वस्थ खानपान र मिसावट भएका खानेकुरा सेवनका कारण विभिन्न रोगको जोखिम बढिरहेको बताए ।
कार्यक्रममा वडा सदस्यद्वय ज्ञानकुमार मगजु र जितेन्द्र मुनंकर्मी, वडा सचिव गोविन्दराम थुसाले पनि बालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *