मूर्तिकार रञ्जितकार आफ्नो पेशाप्रति गौरवान्वित

कला/साहित्य समाचार

रोसना लैबा
भक्तपुर, ७ असार


७५ वर्ष उमेरमा पनि उतिकै जोश र जाँगरका साथ ढुङ्गाको मूर्ति बनाउन निकै तल्लीन छन् भक्तपुर नगरपालिका वडा नं ६ स्थित याछें निवासी आशकाजी रञ्जितकार । उनका दुई छोरा छन् । छोराहरूले यस पेशामा खासै रुची नदेखाउँदा मन खिन्न हुन्छन् ।
विगत ३०–३५ वर्षदेखि आफुू यस कार्यमा संलग्न रहेको बताए । उनले थुप्रै मठमन्दिर, पाटी पौवाको लागि बुुट्टा कोरिसक्नु भएको छ । जीवनको उत्तरार्धमा आइसक्नुुु भएका रञ्जितकारले पुुर्खाको कला, संस्कृति र पुख्र्याैली सम्पदा जगेर्ना गर्न यो पेशाले महत्वपूर्ण देन गरेकोमा गर्व गर्छन् । उनले मूर्ति बनाए बापत मूर्तिको आकार हेरी रकम तोक्ने र कहिले दिनको १ हजार २०० रुपैयाँ आम्दानी हुने र कहिले हुँदै नहुने बताए । मूर्ति बनाउन सुडाल, नगरकोट, खरिपाटीबाट ढुङ्गा ल्याउने बताउँछन् उनी । लामो समय काम गर्दा यस पेशाले श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावना बढी देखिएको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *