९० घरधुरी अन्धकार

हुम्ला, २८ माघ  लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा तीन हप्ता विद्युत् बन्द हुँदा त्यस क्षेत्रका नागरिक अन्धकारमा बस्दै आएका छन् । सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा ९० घरधुरीले हिल्दुम वितरण केन्द्रबाट वितरित विद्युत् सेवा लिँदै आएको स्थानीय भक्तवीर परियारले बताए । स्याडा गाउँका स्थानीय नागरिक मिलेर सिमकोटमा रहेको विद्युत् केन्द्रको कार्यालयमा विद्युत् अवरुद्ध भएको […]

Continue Reading

मानसिक रोग विशेषज्ञ अपुग

ललितपुर, २८ माघ बिरामीको चाप बढ्दो भए पनि लगनखेलस्थित मानसिक अस्पतालमा ‘कन्सल्टेन्ट साइक्याट्रिस्ट’ (मानसिक रोग विशेषज्ञ) अपुग भएको छ । एकातिर बिरामीको चापअनुसार दरबन्दी अपर्याप्त भएको र त्यसमा पनि दरबन्दीभन्दा तीन जना कम कार्यरत हुँदा यहाँ जनशक्तिको अभाव भएको हो । मानसिक स्वास्थ्यको केन्द्रीय अस्पताल भए पनि यहाँ जम्मा आठ जना मात्रै मानसिक रोग विशेषज्ञको […]

Continue Reading

नेपालमा वैदेशिक लगानीका लागि आग्रह

काठमाडौँ, २८ माघ नेपाल उद्योग वाणिज्य महासङ्घको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवं लगानीकर्तालाई आग्रह गरेको छ । दक्षिण एसियाली रोजगारदाता मञ्चको आजदेखि नयाँदिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानून निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको तथा […]

Continue Reading

महिला हिंसा अन्त्य गर्न कानून कार्यान्वयनमा जोड

काठमाडौँ, २८ माघ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यमान ऐन/कानून कार्यान्वयनका साथै जनतालाई सचेत गराएर महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएको छ । एकसय नबौँ अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) लाई भव्य र सभ्य रुपमा सफल बनाउन उक्त मन्त्रालयद्वारा यहाँ आज आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा बढ्दै […]

Continue Reading

लोप हुँदै पानीघट्ट

बाजुरा, २८ माघ पुरानो प्रविधि र सीप देखिने पानीघट्ट यतिबेला हराउन थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा आधुनिक कुटानीपिसानी मिल सञ्चालनमा आएपछि पुराना प्रविधिबाट निर्माण गरिएका पानीघट्ट हराउन थालेका हुन् । गाउँमा जताततै बिजुली बल्न थालेपछि कुटानीपिसानी मिलकै कारण पानीघट्टको माग कम हुँदै गएको एक दशकदेखि पानीघट्ट सञ्चालन गर्दै आएका करवीर नाथले बताए । मिलमा […]

Continue Reading

बसाइँसराइको चापले खेतीयोग्य जमीन घट्दै

धनगढी, २८ माघ  “पहिलेका ठूलाठूला खेतीयोग्य फाँट सकिन लागेका छन्, ठूला खेतका फाँट अब देख्न पाउनुहुन्न”, कैलालीको गोदावरी नगरपालिका–१ बिजौरा गाउँमा भेटिनुभएका स्थानीय खगराज भण्डारीले भने । साविकमा गाउँपालिका रहेका क्षेत्रलाई नगरपालिकामा समेटिएसँगै गोदावरी नगरका वडासहित कैलालीका कतिपय क्षेत्रका उर्वरभूमि घडेरीमा बिक्री हुने क्रम बढ्न थालेको छ । सरकारले अंशबण्डाको काम बाहेकको जग्गाको कित्ताकाट गर्न […]

Continue Reading

स्थानीय तहका उजुरी धेरै

राँझा, २८ माघ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा स्थानीय तहका उजुरी धेरै परेका छन् । सम्पर्क कार्यालय, नेपालगञ्जका प्रमुख गणेश गैरेले स्थानीय तहका १२७ उजुरी परेको बताए । उनका अनुसार अख्तियार सम्पर्क कार्यालय नेपालगञ्जले चालू आर्थिक वर्षमा आठ वटा मुद्दा दर्ता भएकामा पाँच वटा मुद्दा बाँकेको रहेका छन् । बाँकेको सिक्टा सिँचाइ आयोजना, […]

Continue Reading

पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव

नारायणपुर, २८ माघ प्रदेश नं ५ का पर्यटकीय गन्तव्यमा पूर्वाधारको विकास हुन सकेको छैन । प्रदेशका १२ जिल्लामा रहेका धार्मिकस्थल, प्राकृतिक सम्पदा, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको विकास पर्याप्त मात्रामा हुन सकेको छैन । प्रदेश सरकारले कृषि र पर्यटनलाई समृद्धिको आधार बनाए पनि त्यहाँ पूर्वाधार अभावसँगै प्रचारप्रसारमा समेत कमि रहेको पाइएको छ । “प्रदेश नं ५ […]

Continue Reading

नदी सरसफाइको जिम्मा स्थानीय तहलाई

काठमाडौँ, २८ माघ सरकारले नदी सरसफाइको जिम्मा स्थानीय तहलाई नै दिने गरी ‘नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइसम्बन्धी कार्यविधि, (नमुना) २०७५’ ल्याएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई नै नदीनाला, सडक चोक सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा दिने गरी कार्यविधि ल्याइएको मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिए। कार्यविधि आइसकेपछि ७५३ वटै स्थानीय […]

Continue Reading

नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै

काठमाडौँ, २८ माघ प्राचीनकालदेखि नै कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानका रूपमा रहेको नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै गएको छ । हजारौँ वर्षदेखि परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवारी समाजमा थरिथरिका परिकार पकाइने तथा त्यसरी बनाइएका परिकार देवीदेवतालाई चढाइने र विभिन्न भोज तथा दैनिक खानपानमा प्रयोग गरिँदै आएको छ । नेवार समुदायको छुट्टै […]

Continue Reading