सर्वोच्च अदालतको न्यायाधीश पद रिक्त

समाचार

काठमाडौँ, ७ फागुन


राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएकाले अदालतमा आजदेखि सो पद रिक्त भएको छ ।
नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीशले आफ्नो पदबाट राष्ट्रपति भण्डारीसमक्ष लिखित राजीनामा दिएमा निजको पद हुने रिक्त हुनेछ । वरिष्ठतम विवादित न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति भण्डारीसमक्ष आज राजीनामा दिएको हो ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उनले अदालतमा काम गरिरहेको थियो । प्रधानन्यायाधीश जबरा नियुक्त भएसँगै उनलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो । जोशी बिदामा बसेको थियो । उनको कार्यकाल आगामी जेठसम्म थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *