चौसठ्ठी वर्षदेखिको पहिरो नियन्त्रणमा

पशुपतिनगर, २४ पुस इलाम नगरपालिका–१२ को पहिरो ६४ वर्षपछि नियन्त्रणमा आएको छ । पहिरो नियन्त्रणका लागि जल उत्पन्न प्रकोप तथा सिँचाइ डिभिजन कार्यालय विराटनगरले सटके पहिरो नियन्त्रण तथा संरक्षण उपभोक्ता समिति गठन गरी विसं २०६७ मा नियन्त्रणको काम शुरु गरेको थियो । स्थानीय समुदायको सक्रियतामा पहिरो नियन्त्रणका लागि सरकारले आर्थिक वर्ष २०६९/७० सालबाट बजेट विनियोजन […]

Continue Reading

आठ सय भन्दा बढी प्रदर्शनकारी पक्राउ

खार्तुम, २३ पुस सुडानका विभिन्न ठाउँमा भएका सरकार विरोधी प्रदर्शनहरुबाट सरकारी सुरक्षाकर्मीहरूले आठ सयभन्दा बढीलाई पक्राउ गरेका छन् । गृहमन्त्रीले सोमबार दिएको जानकारी अनुसार गत महिनादेखि अहिलेसम्म झण्डै १५ दिनमा भएका प्रदर्शनहरुबाट उनीहरुलाई पक्राउ गरिएको हो । गृहमन्त्री अहमद बिलाल ओस्मानले संसदमा भने, “अहिलेसम्म पक्राउ पर्ने प्रदर्शनकारीहरुको संख्या ८१६ रहेको छ ।” सरकारले पाउरोटीको मुल्य […]

Continue Reading

विद्रोहीविरुद्ध म्यानमार सैनिकको “कडा कारवाही” अभियान

म्यानमार, २३ पुस म्यानमारको सरकारी सेनाले आदीवासी राखिने समुदायका विद्रोहीविरुद्ध ‘कडा कारवाही’ अभियान सुरु गरेको छ । गत हप्ता उनीहरुले चार प्रहरी कार्यालयमा मानवीय क्षति नै हुनेगरी आक्रमण गरेपछि कारबाही अभियान सुरु गर्नु परेको सरकारी अधिकारीहरूको भनाई छ । सरकारका एकजना प्रवक्ताले हिंसाबाट हजारौ घरपरिवार प्रभावित भएका जनाए । उनले सुरक्षा कारबाही आवश्यक देखिएकोले राज्य […]

Continue Reading

प्रवासी नेपालीद्वारा राहत प्रदान

बेझाड, २४ पुस वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका गणेश गैरेको परिवारलाई प्रवासी नेपालीले राहत रकम उपलब्ध गराएका छन् । पाल्पा चापाकोट नगरपालिका–७ केवलघारीका ३८ वर्षीय गणेश गैरेको परिवारलाई कतारमा बस्दै प्रवासी नेपालीले सङ्कलन गरी पठाएको रु एक लाख ७८ हजार हस्तान्तरण गरिएको स्थानीयवासी कमलप्रसाद अधिकारीले बताए । वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका गैरेको गत कात्तिक […]

Continue Reading

प्राविधिक सहायकको भरमा वडा कार्यालय

बैतडी, २४ पुस स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष भइसक्दा पनि कर्मचारी अभाव कायमै छ । जिल्लाका १० स्थानीय तहका ४८ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् । वडा सचिवमा नहुँदा पञ्जीकरणलगायतका काम प्रभावित हुने गरेको जनप्रतिनिधिले बताएका छन् । शिवनाथ गाउँपालिकाका छ वडामा सचिवको काम प्राविधिक सहायकले गरिरहेका गाउँपालिकाका उपाध्यक्ष कुश्मा […]

Continue Reading

लेनदेन मुद्दामा फरार अभियुक्त पक्राउ

लहान, २४ पुस लेनदेन बिगो मुद्दामा फरार रहेका एक जना अभियुक्तलाई सोमबार साँझ सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सुरेशप्रसाद साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रहेको लेनदेन मुद्दामा फरार रहेका सिराहा नगरपालिका–१२ सारश्वर निवासी चन्द्रदेव दासलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त दासलाई जिल्ला अदालत सिरहामा […]

Continue Reading

सेनाद्वारा सडक स्तरोन्नतिको काम शुरु

जाजरकोट, २४ पुस जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्म सडकको स्तरोन्नति काम शुरु भएको छ । नेपाली सेनाको निर्माण कार्यदलले सोमबारबाट काम शुरु गरेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए । डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि छिन्चु–जाजरकोट हँुदै डोल्पाको दुनैसम्म सडकको ट्र्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खण्ड–खण्ड गर्दै छलगाडसम्म […]

Continue Reading

दुर्घटनामा दुई जनाको मृत्यु

चितवन, २४ पुस भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र मोटरसाइकल चालक दुवैको मृत्यु भएको हो । मृत्यु हुनेमा पैदलयात्री भरतपुर महानगरपालिका– १० का ४२ वर्षीय रमेशविक्रम थापा तथा मोटरसाइकल […]

Continue Reading

भत्ता उपलब्ध गराउँदै सहकारी

पाल्पा, २४ पुस रामपुरको एउटा सहकारीले पशु ब्याएपछि किसानलाई भत्ता उपलब्ध गराउन थालेको छ । उन्नत जातका पशुपालनतर्फ आकर्षण बढाउने उद्देश्यले पशु ब्याएपछि किसानलाई भत्ता दिन थालिएको हो । रामपुरस्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले शेयर सदस्यका किसानलाई गाईभैँसी ब्याएपछि रू ६०० भत्ता उपलब्ध गराउँदै आएको छ । यसअघि सो सहकारीले प्रतिपशु रू ५०० उपलब्ध […]

Continue Reading

‘चित्र आफैँ बोल्छ’

काठमाडौँ, २४ अग्रज चित्रकार गेहेन्द्रमान अमात्य उपत्यकाका धार्मिक धरोहर एकै ठाउँमा देख्न पाउँदा खुशी भए । नेपालको सम्पदा तस्वीरमा देखेर उहाँले साँच्चै नै चित्रले एउटा भेग बोलेको महसुस गरे । “म अहिले भक्तपुर जान सक्तिनँ, तर ठिमीलगायतका दृश्य यहीँबाट नियाल्न पाएँ, यस्ता १५ ठाउँका धार्मिक सम्पदा देख्न पाएँ, चित्रले आफैँ बोलिरहेको छ”, सोमबार काठमाडौँको नेपाल […]

Continue Reading