मापदण्ड विपरीतका घर भत्काउँदै महानगर

विशेष समाचार समाचार

कास्की, २४ पुस

पोखरा महानगरपालिकाले सार्वजनिक जमीनमा मापदण्ड मिचेर निर्माण गरिएका घर तथा संरचना भत्काउन शुरु गरेको छ । महानगरले सार्वजनिक जमीन मिचेर निर्माण गरिएका तथा फिर्के, बुलौँदी खोलाको मापदण्डभित्रका संरचना भत्काउन थालेको महानगरका प्रवक्ता एवं वडाध्यक्ष धनबहादुर नेपालीले बताए ।

पोखरा–४ का वडासदस्य विष्णुमाया परियारले हालसालै सार्वजनिक जमीनभित्र निर्माण शुरु गरेको घरको ढलान महानगरले डोजर लगाएर भत्काएको छ । पक्की संरचना नबनाउन पत्राचार गरेको र पटकपटक मौखिक आग्रह गर्दा समेत अटेरी गरेर गत आइतबार घरको पहिलो ढलान सम्पन्न गरेपछि भत्काइएको भनाइ नेपालीको छ ।

परियारले नेपाल स्काउटको नाममा रहेको जमीनसमेत मिचेर संरचना बनाएको भन्दै वडा कार्यालय तथा महानगरमा समेत उजुरी परेको थियो ।
घरको जग राख्दादेखि नै गैरकानूनी काम नगर्न आग्रह गर्दै पत्राचार गर्दा समेत अटेरी गरी परियारले स्थायी संरचना बनाएको भनाइ महानगरको छ ।
सार्वजनिक जमीनको संरक्षणको लागि महानगरले प्रत्येक वडाबाट मापदण्ड मिचेर निर्माण भएका घर तथा संरचनाको तथ्याङ्क सङ्कलन गरिरहेको र सार्वजनिक जमीनमा निर्माण गरिएका संरचना हटाउने महानगरले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *