पूर्वी नाकाबाट २४ महिलाको उद्धार

भद्रपुर, १८ पुस माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ । काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो । सोही अवधिमा संस्थाले बेचबिखनको जोखिममा परेका २५९ जनालाई सीमानाका काँकडभिट्टाबाट रोकथाम गरेको माइती नेपालका पूर्वाञ्चल संयोजक […]

Continue Reading

प्रेस युनियन गोरखामा ढकाल

गोरखा १८, पुस नेपाल प्रेस युनियन गोरखाको अध्यक्षमा नरेन्द्र ढकाल चयन भएका छन् । सदरमुकाममा मङ्गलबार सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा नौ सदस्सीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा नरहरि सापकोटा, सचिवमा मोहसिन अलिमियाँ, सहसचिव सस्मिता पन्त र कोषाध्यक्षमा सुनिल कुँवर चयन भएको प्रेस युनियनका निवर्तमान जिल्ला अध्यक्ष रामशरण आर्चायले जानकारी दिए । समितिको सदस्यमा […]

Continue Reading

प्लाष्टिक नाई भन्नु ल !

चितवन, १८ पुस के तपार्इं चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? आजबाट निकुञ्ज प्रवेश गर्दा प्लाष्टिकजन्य वस्तु लिएर जान पाउनुहुने छैन । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्लाष्टिक नाई भन्नु ल ! भनी सिकाइएको छ । ती सुरक्षाकर्मीले तपाईंले लगेको प्लाष्टिकको झोला त्यही राख्ने छन् । तपाईंले कपडाको झोला पाउनुहुने छ । जहाँ लेखिएको छ, ‘प्लाष्टिक […]

Continue Reading

बन्दीपुरमा डेढ लाख पर्यटक

दमौली, १८ पुस एक वर्षको अवधिमा एक लाख पचास हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म उक्त सङ्ख्यामा पर्यटक बन्दीपुर भित्रिएको पर्यटन विकास समितिका अध्यक्ष वैशबहादुर गुरुङले जानकारी दिए । सन् २०१७ मा करीब एक लाख पर्यटकले बन्दीपुरको भ्रमण गरेका थिए । “भ्रमण गर्नेमध्ये ८० प्रतिशत […]

Continue Reading

साक्षर अभियान शुरु भएपनि ८० हजार नागरिक अझै ‘औँठाछाप’

बाँके, १८ पुस कागजमा वर्षेनी साक्षर प्रतिशत बढाउँदै गएको बाँकेमा अहिले पनि ८० हजार बढी नागरिक निरक्षर छन् । जिल्लाका दुर्गम गाउँपालिकामा मात्रै नभई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमै थुप्रै नागरिक निरक्षर रहेका छन् । साक्षर वडा घोषणा भइसकेको नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १ र २४ मा समेत निरक्षरको सङ्ख्या थुप्रै रहेको भेटिएको छ । यस्तै तत्कालीन […]

Continue Reading

विद्यालय पुनःनिर्माण अझै एक वर्ष

काभ्रेपलाञ्चोक, १८ पुस भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माणमा अझै एक वर्ष लाग्ने भएको छ । जिल्लाका ५८७ सामुदायिक विद्यालयमध्ये २८ विद्यालय एशियाली विकास बैंकको सहयोगमा निर्माण भएको जिल्ला शिक्षा समन्वय एकाइ धुलिखेलले जनाएको छ । यसमध्ये आठ विद्यालय समुदायलाई हस्तान्तरण भइसकेको छ भने अन्य निर्माणाधीन विद्यालयको ८५ प्रतिशत काम सम्पन्न भएको छ । आउँदो २०७७ […]

Continue Reading

आमाको किरिया गर्दै दुई छोरी

लमही, १८ पुस छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उनकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बस्नुभसेका छन् । छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै तीन छोरीमध्ये […]

Continue Reading

सवारीसाधनमा ज्येष्ठ र असक्त नागरिकलाई ५० प्रतिशत छुट

भोजपुर, १८ पुस जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए। छुटको व्यवस्था कार्यान्वयनका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असक्तलाई तत्काल परिचयपत्र दिने गाउँपालिकाले जनाएको छ । […]

Continue Reading

पचासी वर्षमा नागरिकता

कावासोती, १८ पुस नवलपरासी पूर्व कावासोती नगरपालिका–१ का मनसरा पुलामीले ८५ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । पुलामीलाई प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले मङ्गलबार नागरिकता प्रदान गरेका हुन् । उमी नागरिकता नहुँदा सामाजिक सुरक्षाभत्ताबाट वञ्चित रहँदै आएका थिए । रेडियो सामथ्र्य, मध्यविन्दु आँखा उपचार केन्द्र र ग्लोबल आइएमई बैंकको सहकार्यमा बालुवाडाँडामा आँखा शिविर […]

Continue Reading

४२३ चालकको सवारी अनुमतिपत्र खारेज

काठमाडौँ, १८ पुस महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र लाइसेन्स खारेज गरेको छ । महाशाखाले पटक÷पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो । महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मापसे […]

Continue Reading