पछिल्लो २४ घण्टामा ९७ संक्रमित थपिए, ३ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, ७ फागुन

पछिल्लो २४ घण्टामा नेपालमा ९७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार २६३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ५८३ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा २ हजार ९३१ जनाको पिसिआर परीक्षण गर्दा ९७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ३४ हजार २६१ पुगेको छ।

गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार६१ जना पुगेको छ। हाल ६८ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ११४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ६१९ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल ७१ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *