भक्तपुर बचतको अर्धवार्षिक समीक्षा बनभोजका साथ सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, ८ फागुन


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को अर्धवार्षिक कार्यक्रम शनिवार सूर्यविनायकमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि एवं संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीबाट उद्घाटन भएको उक्त कार्यक्रममा उनले संस्थाको प्रगति र विकासका लागि समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरुले आ–अफ्नो पक्षबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । संस्थाका सबल पक्षलाई केलाउँदै उनले हाल कयम वर्ष दिन कार्यालय सञ्चालनलाई निरन्तरता दिनुपर्ने, वार्षिक र अर्धवार्षिक कार्यक्रममा सामाजिक दायित्वबोध हुने विविध कार्यक्रम गरिरहनुपर्ने, सभ्य समाजको निर्माणमा योगदान गर्ने व्यक्तित्वको सम्मान गरिरहनुपर्ने, प्रवचन, अभिमुखीकरण तथा अन्य गतिविधिहरु गरिरहनुपर्ने, ऋणी भेलालाई नियमितता दिई व्यवसाय प्रवद्र्धन कार्यक्रम चलाउनुपर्ने बताउँदै सुधार गर्नुपर्ने विविध पक्षलाई ध्यान दिनुपर्ने बताए । उनले संस्थाले प्रतिवद्धता जनाएका विषयहरुबारे विज्ञसँग छलफल गरी चाँदै तुङ्ग्याउनुपर्ने सुझाव दिए । साथै संस्थाका पदाधिकारी तथा कर्मचारीबाट आर्थिक चुहावट भए नभएको बारे नियमित रुपमा केलाउनुपर्ने, कहिकतै कुनै कैफियत नहुने गरी कार्य सञ्चालन गर्नुपर्ने र हरेक पल्ट शंकाको दृष्टिकोणबाट हेर्नुपर्नेलगयतका सुझाव राखेको थियो ।

कार्यक्रममा सल्लाहकार कृष्णप्रसाद धन्छाले सहकारी संस्थाको भवनको सही सदुपयोग गर्नुपर्ने, त्यसको लागि हल, पसल, क्यान्टिनलगायतको भाडामा दिनुपर्ने बताए । उनले सभ्य समाज निर्माणका विविध गतिविधि गर्नुपर्ने बताए । सल्लाहकार राम कृष्ण प्रजापतिले सामाजिक जीवनशैलीमा परिवर्तन हुँदै गएको परिवेशमा सभ्य र राम्रो जीवनस्तर विकासका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए । संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार रत्नप्रसाद प्रजापतिले आर्थिक तथा सामाजिक रुपमा अग्रणी भूमिका निर्वाह गरेको यस संस्था एसेस ब्राण्डिङमा नगइकनै दक्ष र कुशल जनशक्ति तथा इमानदारीपूर्वक जिम्मेवार बोध गर्दै आएको सञ्चालक तथा लेखा सुपरीवेक्षण समिति र सल्लाहकारहरुको सुझावले कारोवारमा समेत अग्रस्थान कायम गर्न सफल भएको विचार राखे । यो संस्था विदेशीको चलखेलमा चल्ने संस्था नभएकाले सदस्य र समाजको हितका लागि यसले काम गर्दै गएको स्पष्ट पारे ।

संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति बलराम प्रजापतिले कोरोनाले गर्दा ऋणी सदस्यलाई पनि समयमै व्याज तथा साँवा तिर्न नसक्दा समस्याले समयमै तिर्न बुझाउन नसकेको स्पष्ट पार्दै त्यसको लागि पूनर्कर्जाको समेत व्यवस्था गरेको बताए । उनले हायर पर्चेज ऋण रोक्न खोजेको होइन, केही व्यवस्थित गर्न खोजेको बताउँदै यस संस्थाको निक्षेपमा वृद्धि हुनु भनेको संस्थाप्रतिको सदस्यको विश्वासले भएको बताए ।

उपाध्यक्ष निर्मल प्रजापतिले स्वागत गरेको उक्त कार्यक्रममा कोषाध्यक्ष रामप्रसाद प्रजापतिले २०७७ पुसमसान्तसम्मको वित्तीय विवरण र यस आर्थिक वर्षको लक्ष्यबारे स्पष्ट पारेका थिए । उनले कोभिडका कारण निक्षेपको तुलनामा ऋण लगानीमा कमी भैरहेको बताए । यसअनुसार पुसमसान्तसम्ममा निक्षेपको उपलब्धि १०८ प्रतिशत भएको छ भने ऋण लगानी ३९ प्रतिशत मात्रै पुगेको बताए । कार्यक्रममा सचिव लक्ष्मी प्रसाद कुसी, सदस्यहरु विष्णुकुमार प्रजापति, कृष्णसुन्दर प्रजापति, उपसमितिका सदस्य दीपेन्द्र प्रजापति, प्रेम प्रजापति लगायतले संस्थाको हिसाव विवरण र प्रतिवेदनमाथि टिका टिप्पणी गरेका थिए । संस्थाको पुसमसान्तसम्मको हिसाव विवरण स्थितिअनुसार जम्मा ७ हजार ५ सय ६ जना सदस्य र १ हजार २ सय ५९ जना बालबचतबाट सम्पत्ति तथा दायित्व २ अर्व ७३ करोड ८१ लाख ८२ हजार १ सय २४ पुगेको संस्थाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *