न्यूज अपडेट संवाददाता
भक्तपुर, १९ जेठ
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को संरक्षकत्वमा सञ्चालित भक्तपुर आदर निकेतनका ज्येष्ठ आमाबुबाहरुलाई शनिवार बनेपाको चन्देश्वरी भगवती मन्दिर मा अवलोकन भ्रमण सम्पन्न भएको छ ।
भ्रमणका क्रममा ज्येष्ठ नागरिकहरुलाई नाला गुम्बा र चन्देश्वरीका विविध धार्मिक एवं भौगोलिक अवलोकन गराएको आदर निकेतनका अध्यक्ष लक्ष्मी प्रसाद कुसीले बताए । भ्रमण टोलीमा जम्मा २३ जना ज्येष्ठ नागरिकहरुको सहभागीता रहेको उनले बताए । विभिन्न समयमा विभिन्न क्षेत्रमा भ्रमण गर्ने क्रममा उक्त क्षेत्रको अवलोकन भ्रमण भएको उनको भनाइ छ ।
भ्रमणका क्रममा ज्येष्ठ नागरिकहरु निकै उत्साहित रुपमा अवलोकन गरेको र चञ्चल मनका साथ गीत संगीतमा रमाइलो गरेको संस्थाले जनाएको छ ।