भक्तपुर बचतमा अभिमुखीकरण तथा स्वास्थ्य शिविर

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, १६ जेठ
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य उपसमितिको आयोजनामा मृगौला रोगसम्बन्धी अभिमुखीकरण तथा निःशुल्क स्वास्थ्य शिविर शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्रको प्राविधिक सहयोगमा बुधबार संस्थाको भवनमा सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले भक्तपुर बचत तथा ऋण सहकारी संस्था आर्थिक संस्था भए पनि सामाजिक जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने मान्यता अनुरुप विगत दुई दशक अगाडिदेखि संस्थाको नाफाको केही प्रतिशत सामाजिक क्षेत्रमा लगाउँदै आएको बताए । जटिल प्रकारका रोगहरुको उपचार महँगो हुने भएकोले रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नुभन्दा पहिले नै सचेत हुनुपर्ने, समयसमयमा स्वास्थ्य परीक्षण गराई आफ्नो स्वास्थ्य स्थितिको जानकारी लिनुपर्ने वताए । उनले भक्तपुर आदर निकेतन सञ्चालनको औचित्य र आदर निकेतनमा भइरहेको गतिविधिबारे प्रकाश पारेको थियो ।

कार्यक्रममा स्वास्थ्य उपसमितिका संयोजक एवं सञ्चालक सदस्य कृष्ण सुन्दर प्रजापतिले मृगौला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको औचित्यबारे प्रकाश पारेको थियो ।
२०८१ जेठ १५ गते स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम र जेठ १६ गते स्वास्थ्य शिविर भएको उक्त कार्यक्रममा महिला २४६ जना र पुरुष १४६ जना गरी जम्मा ३९२ जनाले स्वास्थ्य परीक्षण गरिएकोमा ८२ जनाले भिडियो एक्स्रे गरेको छ । त्यसमध्ये केहीलाई रिफर गरिएको छ ।
स्वास्थ्य उपसमितिका सदस्य गंगा प्रसाद प्रजापतिले सञ्चालन गरेको उक्त कार्यक्रममा ख्वप पोलिटेक्निकका प्राध्यापक तथा संस्थाको स्वास्थ्य उपसमितिका सदस्य प्रभा मैया प्रजापतिले सहजीकरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *