काउखालीको वक्तृत्वकला प्रतियोगितामा वागीश्वरी प्रथम

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २० फागुन


काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखाली) आयोजना निर्देशनालय, अनामनगरको आयोजनामा शुक्रबार भएको उपत्यकाव्यापी वक्तृत्व कला प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालय प्रथम भएको छ ।

भानु मावि, दरबारमार्गमा सम्पन्न भएको उक्त कार्यक्रममा वागीश्वरी मावि, कक्षा १० की छात्रा आस्था गुमान्जुले प्रथम स्थान हात पारेकी हुन् । ‘फोहर पानीको व्यवस्थापन र नदीनालाको संरक्षणमा हाम्रो दायित्व’ शीर्षकमा भएको उक्त कार्यक्रममा उपत्यकाका ११ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।


पुरस्कृत विद्यालय तथा विद्यार्थीहरुलाई भानु माविका प्रधानाध्यापक शारदा पौडेलले पुरस्कार वितरण गरेको थियो । उक्त कार्यक्रममा वागीश्वरी मावि कक्षा ९ का छात्र अभिनव फुयाँलले पनि भाग लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *