काठमाडौं उपत्यकामा थपिए २१४ संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ४ कात्तिक

गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा २१४ कोरोना भाइरसका संक्रमित थपिएका छन्।

उपत्यकाका विभिन्न प्रयोगशालाहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी १४७ जना रहेका छन्। यसैगरी भक्तपुरमा १६ र ललितपुरमा ५१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टाभित्र नेपालमा थप ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *