पछिल्लाे २४ घण्टामा १४७ जनामा काेराेना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ३१ असाेज

गत २४ घण्टाभित्र नेपालमा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल एक हजार ७७३ जनाको नमूना परीक्षण गर्दा १४७ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १३६ र एन्टिजेन विधिबाट ११ संक्रमित पहिचान भएका थिए।

उक्त अवधिमा कूल एक हजार ४४६ जनाको पीसीआर र ३२७ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो। पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर न्यून हुँदै आएको छ। बडा दशैंका कारण कोरोना परीक्षण घटेकाले पनि संक्रमित घट्न पुगेको हो।

गत २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यस भएको मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *