एकचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) शुरू

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, ३१ असोज

एकचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) तथा सांस्कृतिक कार्यक्रम असोज ३१ गते आइतबार शुरू भएकाे छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भएकाे तःमुंज्याकोे उद्घाटन आइतबार दिउँसो १ः०० बजे ख्वप कलेजको प्राङ्गण देकोचामा सांस्कृतिक गुरू कृष्ण सितिखुबाट भएकाे छ ।
नेपालभाषा, साहित्य, कला र संस्कृतिको संवर्द्धन र विकासको लागि भइरहेको प्रयासमा टेवा दिने ध्येयले नेपाल संवत् ११०० (विसं २०३७) मा नेपालभाषा साहित्य तःमुंज्या स्थापना भएको थियो । हरेक वर्ष कौलाथ्व द्वादशी र त्रयोदशीका दिन दुईदिने कार्यक्रमका साथ तःमुंज्या (सम्मेलन) हुँदै आएको छ ।

यस वर्ष पहिलो दिन प्राध्यापक विश्वमोहन जोशीको सभापतित्वमा भएकाे उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हामीले गरेकाे काम सही र सत्य छ भने जतिसुकै  शत्रुले  आलाेचना गरेपनि डराउनुपर्ने कुरा नभएकाे बताए । उनले भक्तपुर नगरपालिकाले जनताका लागि शिक्षा र स्वास्थ्यकाे जिम्मा लिएर काम गरेकाेमा कसरी राणा शासन भयाे भन्दै आयाेजनाका कार्यहरूमा जनपक्षीय गुनासाे वार्ताबाट समाधान गर्दै जाने बताए । नगरपालिकाले गरेका विविध कार्यकाे चर्चा गर्दै उनले जनताकाे शक्तिले अक्सिजन प्लान्ट निर्माण गर्न सफल भएकाे स्पष्ट पारे । तःमुंज्याले पनि जनतााकाे विचार राख्ने भएकाले जनता बाँचे भाषा बच्ने नारा सार्थक भएकाे उनकाे तर्क छ  । कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, पूर्व न्यायाधिश गाैरी बहादुर कार्की, पूर्वसेनानी प्रेमसिंह बस्न्यात, स्त्री राेग विशेषज्ञ सानुमैया श्रेष्ठ, मुटुराेग विशेषज्ञ डा. राजेन्द्र काेजू, डा.पुकार श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मालगायतका प्रमुख अतिथि, अतिथिहरूले आफ्नाे विचार प्रकट गरेका थिए । साहित्यकारहरूबाट साहित्य वाचन भएकाे उक्त कार्यक्रमका बीच बीचमा विविध गीत संगीत पनि प्रस्तुत भएकाे थियाे ।

दोस्रो दिन कात्तिक १ गते साेही समयमा हुने कार्यक्रममा प्राध्यापक सुशीला कर्माचार्यकाे सभापतित्वमा हुने एकचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या ग्वसाखलः (आयोजक समिति) ले जनाएको छ ।

यसपालिको तःमुंज्या विशेषतः देशको सार्वभौमिकता खतरामा परेको, भारतद्वारा गरिएको सीमा अतिक्रमण, देशघाती एमसीसी सम्झौताको विरोध, भ्रष्टाचार र अनियमितताको विरोध, समाजमा विद्यमान असमानता, अन्याय र अत्याचारको विरोधमा केन्द्रित हुने नेपालभाषा साहित्य तःमुंज्या मू गुथि (मूल समिति) का अध्यक्ष आशाकुमार चिकंबञ्जारले बताए ।
तःमुंज्यामा वरिष्ठ पत्रकार भैरव रिसाल, सीमा अध्येता रतन भण्डारी, प्रा.डा. सर्वज्ञभक्त मल्ल,  चिकित्सा क्षेत्रका डा. विश्वबन्धु शर्मा,  डा. ऋषिकेशनारायण श्रेष्ठ, साहित्यकारहरूमा समालोचक डा. रामप्रसाद ज्ञवाली, मोहन दुवाल, कृष्णकुमार वैद्य, सूर्यप्रसाद लाकौल, सुलोचना मानन्धर, नरेन्द्र प्रसाई, इन्दिरा प्रसाई, अभय श्रेष्ठ, प्रतिसरा सायमी, जनकवि चन्द्रबहादुर उलक, दामोदर सुवाललगायत अतिथिको रूपमा आउनुहुने बताइएको छ ।
तःमुंज्यामा कृषि विशेषज्ञ बाबुकाजी भोमी र सांस्कृतिक गुरूहरू कृष्ण सितिखु, न्हुछेकुमार अवाल, हरिभक्त सुवाल, हरिराम सुवाल, तुल्सी शाही र कृष्णप्रसाद दथेपुथेलाई अभिनन्दनकाे कार्यक्रम रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *