काठमाडौं उपत्यकामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित, मुगुमा शून्य 

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १४ कात्तिक

देशभर हाल तीन वटा जिल्लामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। बागती प्रदेशको तीन वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित छन्। गत २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १०३, भक्तपुरमा २० र ललितपुरमा ४५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

यस्तै ९ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। मोरङ, सुनसरी, झापा, मकवानपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलालीमा मात्र दुई बढी सक्रिय संक्रमित छन्। हाल मुगुमा मात्र सक्रिय संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *