२४ घण्टामा ४०८ जना कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १४ कात्तिक

पछिल्लो २४ घण्टामा ४०८  जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ८९९  पिसिआर र २ हजार १६८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज देशभर ५१८ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ।

देशभर ९ हजार ३७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ३८ हजार ८१५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *