भ्रष्टाचारीलाई कार्वाही गर्न मालपोत कार्यालयमा युवाहरूकाे घेराउ

न्यूज अपडेट भक्तपुर, ३ फागुन  नेपाल क्रान्तिकारी युवा संघ अगुवाइमा साेमवार युवाहरूले मालपोत कार्यालय भक्तपुरमा घेराउ गरेका छन् । मालपोत कार्यालयलगायत नापी, भूमिसुधार कार्यालयमा भईरहेकाे भ्रष्टाचार तथा अनियमितता विरूध्द युवाहरूले मालपोत कार्यालयमा धर्ना दिएका थिए । विभिन्न नारा लेखिएका प्लेकार्ड सहित पुगेका युवाहरूले चर्का चर्का नारा लगाएर भ्रष्टाचार अन्त्य हुनुपर्ने माग गरे । युवाको टीमलाई […]

Continue Reading

महिला लघुवित्तको आईपीओमा ३९.८२ गुणा आवेदन

न्यूज अपडेट काठमाडाैं, ३ फागुन महिला लघुवित्त वित्तिय संस्थाको आईपीओमा करिब साढे १ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । आइतबार ५ बजेसम्ममा ९ लाख ६३ हजार ८६८ वटा आवेदनबाट सो बराबरको शेयर माग भएको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिंग लिमिटेडका अनुसार आईपीओमा १ करोड ४९ लाख ३५ […]

Continue Reading

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ː अधिकाँश पुरानै नीतिलाई निरन्तरता

न्यूज अपडेट काठमाडाैं, ३ फागुन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा केहि परिवर्तन बाहेक अधिकाँश पुरानै नीतिलाई निरन्तरता दिएको छ। फागुन २ गते भर्चुअल माध्यमबाट मौद्रिक नीतिको समिक्षा गदै गभर्नर अधिकारीले अहिले लिएको नीतिले नै आर्थिक गतिविधिलाइ सहयोग पुगेको भन्दै ठुलो परिवर्तन नगरिएको जानकारी दिए । केन्द्रिय बैंकले ऋण पुनर्तालिकीकरण गर्नको लागि भने थप […]

Continue Reading

नेकपा विवाद नटुंगिदै आचारसंहिता लगाउने तयारी

न्यूज अपडेट काठमाडाैं, ३ फागुन निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद नसल्टाई निर्वाचन आचारसंहिता लगाउने तयारी थालेको छ । निर्वाचनमा सहभागी हुनुपर्ने ठूलो दलको आधिकारिकता विवाद टुंगो लगाउनभन्दा चुनावको गृहकार्यमा आयोग केन्द्रित हुन थालेको हो । आचारसंहिता तयार गर्ने प्रयोजनका लागि सुझाव संकलन गर्न आयोगले आइतबार सबै दललाई छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा नेकपाको दाहाल–नेपाल समूहले विवाद […]

Continue Reading

मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान

न्यूज अपडेट झापा, ३ फागुन झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन् । मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले रु १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिए प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए। अरु जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ […]

Continue Reading

पूर्वप्रधानन्यायाधीशहरूले पेस गरे सर्वोच्च अदालतमा लिखित जवाफ

न्यूज अपडेट काठमाडाैं, ३ फागुन फाइल तस्बिर । अदालत अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशहरू सर्वोच्च अदालतमा लिखित जवाफ दिएका छन् । पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीले आफैं अदालतमा उपस्थित भएर लिखित जवाफ दिएका हुन्। पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले आफ्नो छुट्टै लिखित जवाफ पेस गरेका छन् भने बाँकी तीन जनाले संयुक्त लिखित जवाफ दिएका छन्। सर्वोच्च […]

Continue Reading

उत्तराखण्डको हिमनदी विस्फोटमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, ११ नेपालीको अवस्था अझै अज्ञात

न्यूज अपडेट एजेन्सी, ३ फागुन भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमनदी विस्फोटपछि मृत्यु हुनेको संख्या ५१ पुगेको छ । उद्धारका क्रममा आइतबार भेटिएका थप १२ शवसहित हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको चमोली जिल्ला प्रशासन कार्यालयको कन्ट्रोल रुमले जनाएको छ । १२ मध्ये ६ शव रैनी क्षेत्रबाट, ५ शव तपोवनस्थित एनटीपीसी परियोजनाको सुरुङबाट र अर्को एक शव […]

Continue Reading

असार १ देखि नयाँ शैक्षिक सत्र !

न्यूज अपडेट काठमाडाैं, ३ फागुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्र जेठमा सक्ने निर्णय गर्ने तयारी गरेको छ। शिक्षा नियमावलीमा वैशाखदेखि चैतसम्म शैक्षिक सत्र रहने उल्लेख छ। कोरोना महामारीका कारण यस वर्षको शैक्षिक सत्र प्रभावित बनेपछि दुई महिना थप गर्न लागिएको छ । यसबारे मन्त्रिपरिषदले शैक्षिक सत्र कायम गर्ने जिम्मेवारी मन्त्रालयलाई नै दिएको […]

Continue Reading

मौद्रिक नीतिको समीक्षापछि सेयर बजार उत्साहित

न्यूज अपडेट काठमाडाैं, ३ फागुन नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएकाे मौद्रिक नीतिकाे अर्धवार्षिक समीक्षा गरेको भाेलिपल्ट साेमबार सेयर बजार परिसूचक नेप्से बढेको छ । लघुवित्त समूहकाे सब इन्डेक्स धेरै बढ्दा सेयर बजारमा उत्साह देखिएको छ । मौद्रिक नीतिले सेयर धिताे कर्जामा कडाइ गर्ने चर्चा चलेको थियाे तर सेयर धिताे कर्जाकाे विद्यमान व्यवस्था […]

Continue Reading

प्रधानमन्त्रीले सार्वजनिक गरेको तीन वर्षको उपलब्धिमा स्वास्थ्यका के-के विषय परे?

न्यूज अपडेट काठमाडाैं, ३ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको उपलब्धि सार्वजनिक गरेका छन्। सरकारको सुझबुझले कोरोना महामारीले देशलाई आर्थिक मन्दीको चपेटामा नपारेको उनले दाबी गरेका छन्। तीन वर्षको उपलब्धिमा स्वास्थ्य क्षेत्रको विषय प्रधानमन्त्री ओलीले धेरै बुँदा कोरोना नियन्त्रणका लागि गरेका प्रयासका विषय उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको २३ पृष्ठको उपलब्धिमा स्वास्थ्यका […]

Continue Reading