पछिल्लो २४ घण्टामा १०४ संक्रमित थपिए, १३१ जना डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २ फागुन

गत २४ घण्टामा ३ हजार ५ सय १ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख १७ हजार ५० पुगेको छ।

गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ७९ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा १ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल ७६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६१ जना आइसियु र १५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ र प्रदेश २ मा कुनै संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्। बागमती प्रदेशमा ३५ आइसियु र ११ भेन्टिलेटरमा, गण्डकीमा ४ जना संक्रमित मात्र आइसियुमा छन्। लुम्बिनी प्रदेशमा २० जना संक्रमित आइसियु र ४ जना भेन्टिलेटरमा छन्।

कर्णाली प्रदेशमा २ जना मात्र आइसियुमा छन्। सूदुरपश्चिम प्रदेशको कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *