सुर्खेतमा व्यसायिक कालिज पालन

अर्थ/वाणिज्य समाचार

सुर्खेत, २५ कार्तिक


सुर्खेतमा व्यवसायिक रुपमा कालिज फर्मको सुरुवात गरिएको छ । एचके अर्गानिक वाइड एण्ड् अर्गनाईजेशन रिसर्च प्रालिले वीरेन्द्रनगर–१३, रातानाङ्लामा र्फमको सुरुवात गरेको हो । प्रालिले ८८ लाख रुपैयाँको लगानीमा फ्रान्समा पाइने ५२ प्रजातिका कालिज मध्ये रिङनेक प्रजातिको कालिज पालन सुरुवात गरेको छ । ‘समृद्धिको आधार व्यवसाय रोजगार’ भन्ने मुल नाराका साथ व्यवसायिक फर्मको सुरुवात गरिएको प्रालिका सञ्चालक हस्तबहादुर शाहीले जानकारी दिए । फर्ममा हाल एक हजार २ सय कालिज पालिएका छन् । चल्लाहरु आउने क्रम जारी छ । बिस्तारै ४ हजार बढि पु¥याउने लक्ष्य छ, उनले भने । २० रोपनी जग्गा १० बर्ष लिजमा लिएर फर्मको सुरुवात गरिएको शाहीले जानकारी दिए । फ्रान्सेली कालिजको मुल्य एउटाको ३५ सय पर्ने उनको भनाई छ । प्रालिले भाद्र महिनादेखि कालिज पाल्न सुरु हो । प्रदेश सरकारले लिएको समृद्धिको नारालाई सहयोग गर्ने मुख्य उद्देश्यका साथ फामको सुरुवात गरेका छौं, उनले भने, आवश्यकता अनुसार व्यवसायलाई विस्तार गर्दै लैजाने योजना बनाएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *