कोहलपुरमा सिद्धार्थ ग्रुप क्याफे सञ्चालन

समाचार

नेपालगञ्ज, १५ असार


बाँकेको कोहलपुरमा सिद्धार्थ बिजुनेश ग्रुप अफ हस्पिटालिटीले अत्याधुनिक सुबिधा सहित एस. क्याफे सञ्चालनमा ल्याएको छ ।

पश्चिमको टिकापुर देखि काठमाडौ सम्म करिब २२ वटा शाखाहरु मार्फत होटेल, रिर्साेट, रेष्टुरेन्ट मार्फत हस्पिटालिटी ब्यबसाय संचालन गर्दै आएको छ । सिद्धार्थ ग्रुपले एस क्याफेलाई देशैभर बिस्तार गर्ने तयारी गरि रहेको गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले शनिवार केक काटेर क्याफेको उद्घाटन गरेका थिए ।
कोहलपुरमा खुलेको अत्याधुनिक सुबिधा सहित गुणस्तरिय क्याफेले कोहलपुर क्षेत्रको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण योगदान गर्ने नगर प्रमुख रावतले बताए । गु्रपका प्रमुख कार्यकारी अधिकृत न्यौपानेका अनुसार, एक पटकमा करिब एक सय जना सेवाग्राहीलाई सेवा दिन सक्ने क्षमताको एस. क्याफेमा बिहान ८ बजे देखि साँझ ८ बजे सम्म गुल्मीमा उत्पादन भएको अर्गानिक कफीका साथै बेकरी तथा फास्टफुडहरु उपलब्ध हुने छन् ।
‘कफीका पारखीहरुलाई गुणस्तरिय अर्गानिक कफीको स्बाद सहितको सेवा उपलब्ध गराउने उद्देश्यले सिद्धार्थ ग्रुपले २०७४ साल देखि गुल्मीमा आफ्नै कफी बगान सञ्चालन गर्दै आएको न्यौपानेले जानकारी दिए । उनले भने, ‘काठमाडौको तीनकुने, जमल, न्युरोड र नेपालगञ्जको धम्बोझीमा क्याफे सञ्चालन गरि रहेको गु्रपको यो पाँचौ आउटलेट हो ।’
ग्रुपले होटेल, रिसोर्ट, रेष्टुरेन्ट मार्फत हस्पिटालिटी ब्यबसायसंगै मिठाई, केक, बेकरी र कफीका बिभिन्न परिकारहरुको उत्पादन तथा बिक्री बितरण गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *