कष्टकर जीवन गुजार्नेको उद्धार

समाचार स्वास्थ्य

काठमाडौँ, १८ पुस


काठमाडौँको गौशालामा सडकमा बस्न आएको एक व्यक्तिको आज मृत्यु भयो । मङ्गलबार पनि पहिचान नखुलेका एक व्यक्ति जमलमा मृत अवस्थमा फेला परेका थिए ।

सडकमा बेवारिसे अवस्थामा रहेक व्यक्ति चिसो बढेसँगै ज्यान जानेक्रम बढिरहेका बेला प्रहरीले सडकमा रात बिताउन बाध्य हुनेको उद्धार अभियान थालेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले सडकमा कष्टकर अवस्थामा रात बिताउन बाध्य भएका असहाय, वृद्धवृद्धा तथा बालबालिकाको उद्धार तथा पुनःस्थापना अभियान शुरु गरेको हो । गएरातिदेखि प्रहरीले उक्त अभियान थालेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

उक्त अभियानअन्तर्गत कालिमाटी, स्वयम्भू, सीतापाइला क्षेत्रबाट सात जना पुरुषको उद्धार गरी हिमालय वृद्धाआश्रम गोंगबुमा राखिएको छ । उद्धार गरिएका व्यक्तिका परिवार तथा आफन्तको खोज्ने, आवश्यक उपचार, परामर्श दिइ समाज तथा परिवारमा पुनःस्थापना गर्ने कार्यमा विभिन्न सङ्घसंस्थासँग समन्वय गरेको उनले बताए ।

काठमाडौँको सडकलाई व्यवस्थित, सुरक्षित बनाउने र सडकमा जीवनयापन गर्न बाध्य मानिसको जीवनमा परिवर्तन ल्याउने उद्देश्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अहिलेसम्म यस्ता व्यक्ति १२८ जनाको नामावली सङ्कलन गरेको छ । सहयोगको अपेक्षा गरेर हिँड्नेलगायत व्यक्ति काठमाडौँमा २०० भन्दा बढी रहेको अनुमान प्रहरीको छ । अब लागुऔषधमा फसेका बालबालिकादेखि यस्ता असहाय वृद्धवृद्धालाई सडकबाट उद्धारका लागि विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर अघि बढेको प्रहरीले जनाएको छ । उनीहरुलाई विभिन्न आश्रममा लगेर राखिनेछ । यस्तो अवस्था रोक्न अभियान थालिएको बोगटीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *