भक्तपुर बचतको अध्ययन भ्रमण सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १७ पुस


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरुको तीन दिने सहकारी अध्ययन भ्रमण सोमबार सम्पन्न भएको छ ।

शनिवार रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लि. र आइतबार दोलखा, जिरीको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थामा उक्त संस्थाले अध्ययन भ्रमण गरेको हो ।
नेपालको स्वीटजरल्याण्ड भनेर चिनिने जिरी न.पा.मा अवस्थित एकीकृत फ्रेण्डसिप बचतका अध्यक्ष भुमिराज खड्काले भक्तपुर बचतका प्रतिनिधिमण्डललाई स्वागत गर्दै १६ वटा संस्था एकीकृत गरी हाल दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काठमाडौंलाई कार्यक्षेत्र बनाई कार्य गरिरहेको बताए ।
उनले सहकारीभित्रको सबल र दुर्वल पक्षलाई केलाउँदै हाल दोलखाका धेरै युवाहरु विदेश पलायन भएकाले गर्दा बचत गर्न र ऋण लगानी गर्नमा समस्या आएको बताए । स्रोत साधन र पूँजी पलायन भएको प्रति चिन्ता व्यक्त गर्दै उनले सहकारीको भक्तपुर बचतका प्रतिनिधिमण्डलबाट उठाएका जिज्ञासा मेटाए ।

प्रमुख कार्यकारी राम बहादुर केसीबाट एकीकृत फ्रेण्डसिप बचत र जिरी क्षेत्रको विषयमा विस्तृत जानकारी दिएको थियो ।

कार्यक्रममा भक्तपुर बचतका अध्यक्ष निर्मल प्रजापतिले अध्ययन भ्रमणको औचित्य प्रष्ट्याउँदै यस भ्रमणले एक अर्काबीच राम्रो पक्षको अनुसरण हुने बताए । उनले संस्थाको आर्थिक, सामाजिक, साँस्कृतिकलगायतका विभिन्न विषयबारे जानकारी दिए । कार्यक्रममा भक्तपुर बचतका सल्लाहकार एवं पूर्व अध्यक्ष रत्नप्रसाद प्रजापति, उपाध्यक्ष लक्ष्मी प्रसाद कुसी, सहसचिव तारादेवी धन्छा, सदस्य विष्णुकुमार प्रजापति, व्यवस्थापक सत्यनारायण साँयजूलगायतले बोलेको थियो ।

अवलोकन भ्रमणका क्रममा संस्थाले दोलखाको ६० मेगावाट क्षमताको विजुली उत्पादन केन्द्र खिम्तीस्थित हिमाल पावर कम्पनीको अध्ययन गरेको छ । एक किलोमिटरको दुरीमा रहेको सुरुङमा सञ्चालित उक्त जलविद्युत केन्द्रका स्टोर हेरचाहका तोरण बहादुर खड्काले तीन खेपमा त्यस जलविद्युतबारे जानकारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *