पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए, ९१ जना डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, ५ फागुन

 पछिल्लो २४ घण्टामा नेपालमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय २१ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ८ सय ३८ जनाको पिसिआर परीक्षण गर्दा १ सय २५ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख २७ हजार ७ सय ८९ पुगेको छ।

गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ७२ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ९१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल ७४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *